जग्गा खरिद गर्दा ध्यान दिनु पर्ने विषयहरु (भाग २)

  • By: admin
  • August 29, 2022

काठमाडौँ । हामीले घर जग्गा खरिद बिक्री गर्दा ध्यान दिनु पर्ने विषयमा ५ वटा बुँदाहरुमा छलफल गरेका छौँ। पहिलो भागमा गएर ५ वटा बुँदाहरु हेर्न सक्नु हुन्छ। आज जानकारहरुले दिएको सुझावका आधारमा बनाइएका अरु ५ वटा बुँदाका बारेमा छलफल गर्ने छौँ।

जीवनमा एक पटक घर र जग्गा जोडिन्छ। त्यो घर र जग्गा जोड्दा हामीले गरेका साना तिना गल्तीले जीवनभर पछुताउनु पर्छ। किन भने मानीसले जीवनभर लगाएर कमाएको घर जग्गामा हाल्छौँ। त्यही जीवनभरको मेहेनतले कमाएको पैसा खर्च गरेको ठाउँ नै अगतिलो परेको वअस्थामा पछुताउनु बाहेक केही उपाए रहँदैन।

१० वटा बुँदाहरु मध्येको बाँकी रहेका ५ वटा बुँदाहरु यहाँ छलफल गर्ने छौँ।

६) खोलाको किनारः

जग्गा किन्दा मुख्य ध्यान दिनुपर्ने कुरा हो खोलाको किनार । जग्गा किन्दा खोलाको प्रकार र आकार हेरेर खोलाबाट १० मिटरदेखि ६० मिटरसम्म छोड्नुपर्दछ । त्यसमा सानो खोला भएमा १० मिटर र ठूलो खोला छ भने ६० मिटर छोड्नु पर्दछ । कुनै पनि जग्गा खोलाको किनारामा रहेको छ भने नापीमा वा नगरपालिकामा गएर कति जग्गा छोड्नुपर्छ भनेर मात्रै खरिद गनुपर्छ ।

७) बिजुलीको प्रशारण लाइनः

जग्गा किन्दा आफ्नो जग्गाको वरिपरि बिजुलीको प्रशारण लाइन छ वा छैनन् त्यसमा ख्याल गर्नुपर्दछ । बिजुलीको प्रशारण लाइन भए पनि ३ वटा कुरामा ध्यान दिनुपर्दछ । जसमा बिजुली प्रशारणको लाइन ११ केभीभन्दा कम छ भने उक्त लाइनदेखि डेढ मिटर छोडेर मात्रै संरचना बनाउन सकिन्छ । यदि जग्गाको वरिपरि ११ केभीदेखि ३३ केभीको प्रशारण लाइन छ भने त्यो लाइनबाट ३ मिटर छोड्नुपर्छ । तर, कुनै पनि स्थानमा ३३ केभीको प्रशारण लाइन छ भने १५ मिटर टाढा घर बनाउनु पर्दछ । साथै, प्रशारण लाइन जग्गाको माथि भएको अवस्थामा त्यसमा कुनैपनि संरचना बनाउन नपाइने व्यवस्था हुँदा त्यसमा ध्यान दिन आवश्यक रहेको छ ।

८) बाटो र जग्गाको सतहः

कुनै पनि जग्गा खरिद गर्दा बाटो भन्दा कति माथि छ र कति तल छ भन्ने विषयमा ख्याल गर्नुपर्दछ । जग्गा जति बाटोको सतहभन्दा तल भएको अवस्थामा धेरै खर्च लाग्नेछ । जसमा डीभीसीआई बढाउनु पर्दछ । कतै जग्गा सिमसार क्षेत्रमा त पर्दैैन । साथै, वर्षामा आफ्नो घर डुबानमा त पर्दैन । यदि बाटोको सतहभन्दा तल जग्गा छ भने यस्ता समस्या आउँदछ । त्यस्तै जग्गा माथि भएको अवस्थामा बाटोको सतहमा ल्याउनका लागि धेरै खर्च हुन्छ ।

९) जग्गा कुन जोनमा पर्छः

कतिपय मानिसहरू जग्गा किन्नका लागि हतारिन्छन् । जसले गर्दा सानाभन्दा साना कुरामा ख्याल नहुन सक्छ । त्यसले जग्गा खरिद गरिसकेपछि मात्रै यो क्षेत्रमा पर्दछ भन्ने थाहा पाउँछन् । सामान्यतया मानिसहरूले जग्गा खरिद गर्दा उक्त जग्गाको नगर क्षेत्रमा गएर आवायसी, मिश्रित, व्यवसायीक हो वा स्मार्ट सिटीको परियोजना आउँदै छ कि भन्ने विषयमा ध्यान दिनुपर्छ । साथै, कुनै पनि परियोजनाको विचारधिन अवस्थामा रहेको छ भन्ने विषयमा स्पष्ट हुनुपर्दछ । घरका लागि खासै असर नपरे पनि अन्यो औद्योगिक भवन, व्यवसायीक भवनले ध्यान दिनुपर्दछ ।

१०) जग्गा ब्रिफ्रिङः

सामान्यतया गर्मी ठाउँमा घरलाई चिसो बनाउनुपर्ने हुन्छ । त्यसले गर्दा घर घामको विपरीत दिशामा बनाउँदा घर चिसो हुनेछ । त्यस्तै चिसो ठाउँमा रहेको घरलाई घाम लाग्ने दिशातर्फ फर्काएमा बढी तातो हुनेछ । यदि काठमाडौं वा चिसो ठाउँमा जग्गा किनेको छ भने पूर्व अथवा दक्षिण फर्केको राम्रो हुन्छ । यदि तराई वा गर्मी ठाउँमा जग्गा किन्ने खण्डमा उत्तर अथवा उत्तर–पूर्व फर्केको हुनुपर्दछ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?