घरजग्गा खरिद गर्दा के कुरामा ध्यान दिनु पर्छ ? (भाग १)

  • By: purbeli
  • July 15, 2022

काठमाडौँ । हामी हरेक कुरामा हतार गर्छौँ । भनिन्छ हतारमा कुनै काम गर्नु हुँदैन । अझै घर जग्गाको खरिविक्री गर्ने काम त हतारमा गर्दै हुँदैन । तपाईं पनि घर बनाउनका लागि जग्गाको खोजीमा हुनुहुन्छ ? यदि घर जग्गा खरिद गर्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंले जग्गा खरिद गर्दा बजेटदेखि विभिन्न कुराहरुमा ध्यान दिनु जरुरी हुन्छ ।

सबै भन्दा पहिला त जग्गा खरिद गर्दा आफूले कुन प्रयोजनका लागि खरिद गर्न लागेको हो भन्ने विषयमा ध्यान दिन निकै जरुरी हुन्छ । कतिपय अवस्थामा घरजग्गा किनेबेच व्यवसायीसँगको सहकार्यमा जग्गा किन्दा धेरै फस्ने सम्भावना पनि हुने गरेको जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार विषेश गरी १० वटा कुरामा ध्यान दिनु आवश्यक हुन्छ ।

१) जग्गाको कानूनी पक्षः
सबै भन्दा पहिला जग्गा खरिद गर्दा जग्गाको कानुनी पक्षका विषयमा जानकारी लिनु पर्ने हुन्छ। कानून आफैमा अफ्ठेरो र सजिलो पक्ष हो । बुझेपछि सजिलै समस्याबाट उम्किन सकिन्छ भने नबुझेको अवस्थामा दुःख पाइने गरेको अधिवक्ता अरुण पौडेल बाताउँछन् । नेपालमा कानूनी पक्षमा नरहेको जग्गा खरिद गर्दा कतिपय मानिसको पैसा फस्न पनि सक्छ ।
जसमा जग्गा खरिद गर्ने व्यक्तिले लालपूर्जा, ब्लुप्रिन्ट, ठेगाना आवश्यक पर्छ । ब्लु प्रिन्ट भएको नक्सा र खरिद गरेको जग्गाको वास्तविक जग्गा मिल्छ वा मिल्दैन हेर्नुपर्छ । यदि ब्लू प्रिन्टमा भएको र वास्तविक जग्गाको १० देखि १५ प्रतिशतसम्म जग्गाको बनावट नमिलेको अवस्थामा नापी विभागमा गएर सम्पर्क गरी हरेर किन्न सकिन्छ ।
त्यस्तै कुनै पनि जग्गाको नक्सामा गारेटो बाटो, पुल हुनसक्छ । तर, किन्ने बेला नदेखिन सक्छ । त्यसमा ब्लू प्रिन्ट अथवा नापी हेर्न सकिन्छ । त्यसका लागि कुनै पनि प्राविधिक, इञ्जिनियरको सल्लाह लिएर प्रिन्टमा देखिएको तथा फिल्डमा नदेखिन सक्ने भएकाले खरिदकर्ताले विचार पुर्याउनु पर्दछ । त्यसैगरी जग्गा खरिद गर्दा उक्त जग्गामार्फत् जग्गा पास भएर आएको छ त्यसबारे पनि इतिहास हेर्नुपर्दछ । जसमा उक्त जग्गा संस्था, गुठी वा व्यक्तिको सबै हेर्न आवश्यक पर्दछ ।

२) घर बनाउँने जग्गासँग जोडिएको बाटोको चौडाईः
कुनै पनि व्यक्तिले घर खरिद गर्दा सबैभन्दा बढी घडेरीसँग जोडिको बाटोको चौडाईमा ध्यान दिन आवश्यक हुन्छ । त्यसमा आफूले किनेको जग्गाको अगाडि बाटो कस्तो भन्ने थाहा पाउनु पर्दछ । कुुनै पनि जग्गा खरिद गर्दा कम्तिमा पनि ६ मिटरको बाटो पुगेको हुुनुपर्छ अथवा पुगेको छैन भने ६ मिटरको बाटो छोएर अर्को डेढ मिटर सेफगार्ड छोड्ने गरी जग्गा पर्याप्त छ वा छैन त्यसमा ध्यान दिनुपर्दछ । यदि खरिद गर्न लागेको कुनै पनि जग्गा डेडइन्डमा छ भने ४ मिटरको बाटोका लागि छोडेर सेफगार्डका लागि डेढ मिटर छोड्नुपर्छ । त्यति जग्गा त्यसमा पुग्छ वा पुग्दैन त्यसमा ध्यान दिनुपर्छ । तर, यदि कुनै पनि स्थानको बाटोको लागि धेरै सेफगार्ड छोड्नुपर्ने अवस्था आएमा आफ्नो जग्गा थोरै हुन पुग्ने भएकाले त्यस्ता खालको जग्गा किन्न ख्याल गर्नुपर्दछ । खरिदकर्ताले किन्न लागेको जग्गाको अगाडि ६ मिटरको बाटोले छोएको हुनपर्छ ।

३) जग्गाको न्यूनतम क्षेत्रफलः
जग्गा खरिद गर्दा कम्तिमा २.५ आना वा ३ आना अथवा तराई तिर हो भने ६ धुरभन्दा कमको जग्गा हुनु हुँदैन । त्यसको साथै जग्गाको मोहडा १८ फिट अर्थात् ६ मिटरभन्दा कम हुनुहुँदैन । यदि कुनै पनि जग्गाको मोहडा ६ मिटरभन्दा कम छ भने उक्त जग्गा खरिद गर्नको लागि उपयुक्त नरहेको बुझ्नुपर्दछ ।

४) जग्गा कति भिरालो छः
जग्गा खरिद गर्दा सबैभन्दा बढी ध्यान दिनुपर्ने अर्को कुरा हो तपाईंको जग्गा कतिको भिरालो छ । कुनैपनि जग्गा घर बनाउनका लागि किनेको अवस्थामा जति धेरै भिरालो छ जग्गा सोहीअनुसार खर्च बढी हुने गर्दछ । त्यसैले कुनै पनि जग्गा खरिद गर्दा कम भिरालो भएको जग्गा खरिद गर्नुपर्दछ । यसले गर्दा निकट भविष्यमा खर्च कम गरी घर निर्माण गर्न सकिन्छ ।

५) जग्गाको ढल निकासाको व्यवस्थाः
जग्गा खरिद गरी घर निर्माण गरिसकेपछि सबैभन्दा महत्वपूर्ण हो ढल निकासा । पछिल्लो समय बढ्दो सहरीकरणका कारण घर निर्माणको कार्य तीव्र बढिरहेको अवस्था छ । यसले गर्दा रिङरोडभन्दा बाहिरी बस्ती बाक्लिँदै गएपनि ढलको व्यवस्था नहुँदा विविध समस्या भोग्दै आएका छन् ।

यसले गर्दा कुनै पनि जग्गा खरिद गर्दा बाथरुम, शौचालयबाट जाने पानीको ढल निकासाको व्यवस्था छ वा छैनन् भन्ने विषयमा ध्यान दिन आवश्यक पर्दछ । त्यस्तै कुनै पनि जग्गा किन्दा ढलभन्दा तलको खोचमा छ वा छैनन्, जहाँबाट ढल र पानी पर्दा बगेको पानी निस्कन सक्दैन । त्यसमा ख्याल गर्नुपर्दछ । कुनै पनि जग्गा खोाचमा रहेको र डेडइन्ड बाटोभन्दा तल छ भने समस्या हुन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?