नेपाल बाहिर कहाँ कहाँ मनाइन्छ दसैँ ?

  • By: admin
  • October 4, 2022

काठमाडौँ – नेपाल बाहेकका मुलुकमा पनि दसैँ मनाउँने चलन रहेको छ । नेपाल बाहेक छिमेकी मुलुक भारतका विभिन्न राज्यमा पनि दसैँ मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टीका पनि लगाएर दसैँ मनाउने चलन छ ।

पश्चिम बंगालमा दसैँ नव दुर्गा पूजाको आरधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी एवं नवमीका दिन दुर्गाको पूजा हुन्छ ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसैँ मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ। पहिला तीन धन र समृद्धिकी देवी दिन लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ ।

गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । गरबा नृत्य यस पर्वको महत्त्वपूर्ण अङ्ग हो। पुरुष एवं महिलाहरू दुइवटा साना–साना रंगाएका लौरा लिएर संगीतको लयमा आपसमा बजाउँदै घूमेर नृत्य गर्दछन।

त्यस्तै, महाराष्ट्रमा पनि देवीको पुजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म पानी खाएर उपवास बस्छन् । नौ भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्न जान्छन् । भारतबाहेक वंगलादेश बर्मा, भुटान, श्रीलंका र इन्डोनेसियामा पनि दसैँ मनाइन्छ ।

हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिबाद ग्रहण गर्छन् ।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापनाको दिन जमरा राखी नवमीसम्म हरेक दिन विभिन्न देवीहरूको पूजा गरिन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गरिन्छ ।

नवरात्रीभर सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा, महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा गरिन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?