घर बनेपछि के कुरामा ध्यान दिँदा भाग्य चम्किन्छ ?

  • By: admin
  • September 20, 2022

काठमाडाैँ  ।  हामी सबैले मेहनतको रकम घरजग्गामा प्रयोग गर्दछौँ । तर, वर्षौंको मेहनत खर्चेर बनाइएको घरमा भने थोरै मात्र होस्, पुर्याइएन भने त्यसले कलह उत्पन्न गर्न सक्छ । त्यसैले मानिसले घर बनाउदा बास्तुशास्त्र अनुसार बनाउन उत्तम हुन्छ ।

वास्तुशास्त्री सुरेशचन्द्र रिजाल घर बनाउँदा केही कुरामा ध्यान दियो भने भाग्य चम्किने बताउँछन् । उनका अनुसार घर बनाउँदा ध्यान दिनु पर्ने केही बुँदागत कुरा हामी यहाँ प्रस्तुत गर्दै छौँ ।

१. पर्खाल र घरको उचाईः

यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको दक्षिण र पश्चिम दिशाका पर्खाल, उत्तर र पूर्व दिशाको पर्खालभन्दा केहि अग्लो र मोटो हुनुपर्छ । सडकको सहतभन्दा घर केहि फुटको उचाईमा हुनुपर्छ । त्यसैले घर बनाउदा वा किन्दा सडक सतह भन्दा अग्लो घर चयन गर्नुपर्दछ । अन्यथा घरमा आर्थिक संकट आउने र कलह बढ्ने संभावना हुन्छ ।

२. दक्षिण पश्चिम दिशामा अग्ला रुख 

यदि घर बनाउदै हुनुहुन्छ भने घर निर्माण भएको स्थानमा अनुकुलता अनुसार दक्षिण र पश्चिम दिशामा अग्ला हुने विरुवा रोप्नु पर्दछ । यसले घरमा समृद्धि ल्याउछ र रुखको शितलताले घरपरीवारमा सकारात्मक भावको विकाश गर्छ । दक्षिण पश्चिम दिशामा अग्ला रुख हुदाँ खस्किएको आर्थिक अवस्थालाई समेत स्थिर अवस्थामा ल्याउछ । साथै दुर्भाग्य हटाई परिवारमा संकट आउन दिदैन ।

३. घरको मध्य भाग खालि हुनुपर्छ 

यदि घर बनाउदै हुनुहुन्छ भने घरको मध्य भाग खालि हुने गरी बनाउनु पर्छ । यदि किनीएको घर हो भने घरको बीच खालि राख्ने प्रयाश गर्नुपर्छ । घरको बिच भागमा कुनै निर्माण गर्नुहुदैन साथै कुनै वजनदार भारी बस्तु समेत राख्नु हुदैन । यदि नमिल्दो भएमा मन्दिर निर्माण गर्नु उत्तम हुन्छ । घरको बिच भागलाई ब्रह्मको स्थान मानिन्छ ।

४. पश्चिम दिशामा भण्डार कक्ष 

घरको भण्डार वा सामाग्रि राखिने कोठा सकेसम्म दक्षिण पश्चिम नभए पश्चिम दिशामा मात्र बनाउनुपर्छ । भण्डार कोठा दक्षिण पश्चिम दिशामा भए यसले परीवारमा समृद्धि बढाउछ । भण्डार कोठामा पकाइएका खानेकुराहरु धेरै दिन राख्नु हुदैन । कुहिने बस्तु भए त्यसलाई घर बाहिर फ्याक्नु पर्दछ ।

५. ढोका र झ्यालको नियमित सफाई 

घरका सबै ढोका तथा झयालहरुको नियमति सफाई हुनुपर्दछ । घर भित्र पर्ने मुख्य प्रवेशद्धारमा सदैव फोहोर थुर्पानु हुदैन । घरका ढोका र झ्यालबाट लक्ष्मिको प्रवेश हुने भएकाले ति स्थानहरु सफा राख्न जरुरी छ । ढोका तथा झ्यालमा फोहोर, माकुराको जालो तथा जुठो भएमा त्यसले संचित धनमा समेत हानि गर्दछ ।

६. प्रवेशद्धारको सजावट 

घर भित्र प्रवेश गर्ने मुख्य द्धार वा ढोका सुखः समृद्धि र सम्पन्नता भित्र्याउने मार्ग हो । त्यसैले यसलाई आर्कषक बनाउन र सजाउनु पर्दछ । जसले घर भित्र प्रवेश गर्दा मानिसलाई सकारात्मक सोचको विकाश गर्छ । घरको अगाडि उज्जालो स्थानमा निवास वा अन्य नाम दिएर नेमप्लेट राख्नु पनी उत्तम हुन्छ ।

७. पक्षिंमैत्री घर हुनुपर्छ 

यदि तपाई घर बनाउदै हुनुहुन्छ भने घरको छत वा छानामा चराचुरुङ्गीका लागि पानि खाने सानो डुड र चारो दिने स्थान बनाउनु लाभदायक हुन्छ । घरको आगन वा छानामा बनाइएका चरामैत्रि डुड वा चारो दिने स्थान भएका घरमा धनको अभाव हुदैन । पक्षिंप्रतिको सद्भावले मानिसमा सकारात्मक ऊर्जा र धन प्राप्ति समेत गराउछ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?