कित्ताकाट ठप्प भए पनि असारमा राजश्व संकलन बढ्यो

  • By: purbeli
  • July 23, 2022

काठमाडौँ । भूउपभोग नियमावली २०७९ जारी भएपछि असारमा जग्गा कित्ताकाट घटेको थियो। कित्ताकट घटे पनि कारोबारमा कमी नआएको व्यवसायीहरुको भनाइ छ।
असार महिनमा घरजग्गा किनबेचमा पनि असर नपरेको होइन् । व्यवसायीहरुका अनुसार असार महिनामा किनबेच घटेपछि राजश्व असुली भने बढेको छ । असारमा देशभरका मालपोत कार्यालयले ६ अर्ब ११ करोड ३४ लाख रुपैयाँ राजश्व संकलन गरेका छन् ।
जेठ २७ गते नियमावली जारी भएको हो। नियमावली जारी हुनुपूर्व कित्ताकाट ठप्प हुनुभन्दा अघि जेठ महिनामा ४ अर्ब २४ करोड ५९ लाख र वैशाख महिनामा ४ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

असारमा काठमाडौं उपत्यका, चितवन, हेटौंडालगायत शहरी क्षेत्रमा कारोबार बढेपछि मालपोत राजश्व बढी उठेको हो ।
असारमा ललितपुरको लगनखेल मालपोतबाट ७३ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन भएको छ भने भत्तपुरबाट ३९ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
उपत्यकाका तीन जिल्लामा रहेका ९ वटा मालपोत कार्यालयबाट मात्रै २ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै, काभ्रेबाट १० करोड, मकवानपुरबाट ११ करोड, चितवनका
चारवटा मालपोत कार्यालयबाट २५ करोड ३७ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
असारमा संकलन भएको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुर ३ अर्ब ६० करोड र पुँजीगत लाभकर १ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको छ । सेवा शुल्कवापत २६ करोड रुपैयाँ संकलन भएको छ ।

जग्गाको कारोबारमा सुनसरी अगाडि
गत आर्थिक वर्षको अन्तिम असार महिनामा सुनसरीको इनरुवा मालपोत कार्यालयले सबैभन्दा बढी २६ सय ३३ घरजग्गा किनबेच गराउँदै पहिलो नम्बरमा बस्न सफल भएको छ।
दोस्रोमा धनुषाको जनकपुर मालपोत कार्यालय रहेको छ। जनकपुर मालपोतले २१ सय ५९ घर जग्गा किनबेच गराएर दोस्रो भएको छ। यस्तै ललितपुरको लगनखेल मालपोत कार्यालय १७ सय ५६ घरजग्गा किनबेच गर्दै तेस्रो बनेको छ । भक्तपुर मालपोत १६ सय ७६ घरजग्गा किनबेच गराउँदै चौथो मोरङको बेलवारी मालपोतले असारमा १६ सय ३२ घरजग्गा किनबेच गराउँदै चौथो स्थान हासिल गरेको छ।
झापाको भद्रपुर मालपोत कार्यालय १६ सय ४७ घरजग्गा किनबेच गराउँदै पाँचौं नम्बरमा परेको छ । मोरङकै बिराटनगरबाट १ हजार ७३, सप्तरीको राजविराटबाट ११ सय ३६, काठमाडौंको कलंकीबाट १ हजार ७९, मकवानपुरबाट एक हजार २३, बाराको कलैयाबाट १४ सय १५, पर्साबाट १४ सय ९५, चितवनबाट ११ सय २५, बाँकेबाट १२ सय ७४ घरजग्गा किनबेच भएका छन् ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?