घर निर्माणको लागि नक्सा पास गर्न पेस गर्नुपर्ने कागजातहरु
![घर निर्माणको लागि नक्सा पास गर्न पेस गर्नुपर्ने कागजातहरु](https://www.purbelirealestate.com/wp-content/uploads/2022/08/news.jpg)
काठमाडौं । बैंकमा देखिएको तरलता संकट, बढ्दो व्याजदर, डन्डीलगायत कतिपय निर्माण सामाग्रीको मूल्य वृद्धिलगायत विविध कारणले घर तथा भवनको नक्सा पास घटेको छ ।
गत आर्थिक वर्ष ०७८÷७९ को पहिलो ६ महिनामा घर–भवन नक्सा पास संख्या ०.१ प्रतिशतले घटेर २६ हजार ६२५ मा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘अर्धवार्षिक प्रतिवेदन’ले सार्वजनिक भवनदेखि निजी घर तथा कमर्शियल भवनसम्म बनाउने घटेको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १२ हजार ९१४ घर तथा भवनको नक्सा पास भएको छ । यो भनेको कुल नक्सा पासको २४.८ प्रतिशत हुन आउँछ । सबैभन्दा कम कर्णाली प्रदेशमा ५१३ नक्सा पास भएका छन्, यो संख्या कुल नक्सा पासको ३.५ प्रतिशत मात्र हो ।
यस्तै, प्रदेश १ मा तीन हजार १४९, मधेश प्रदेशमा दुई हजार ४४, गण्डकी प्रदेशमा दुई हजार १८५, लुम्बिनी प्रदेशमा चार हजार ६५१ र सुदूरपश्चिम प्रदेशमा एक हजार १६९ घर तथा भवनको नक्सा पास भएको छ ।
अघिल्लो वर्षको तुलनामा घर तथा भवनको स्थायी नक्सापास संख्या मधेश र लुम्बिनी प्रदेशमा बढेको छ भने अन्य प्रदेशमा घटेको राष्ट्र बैंकले जनाएको छ ।
घर निर्माणको लागि नक्सा पास गर्न पेस गर्नुपर्ने कागजातहरु
१) जागा धनी प्रमाणपत्र (प्रमाणित प्रतिलिपि) प्रतिलिपि
२) चालु आर्थिक बर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि
३) ज।ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि
४) कि.नं. स्पष्ट भएको नापी प्रमाणित नक्शा (ब्लु प्रिन्ट)
५) पास गरिने नक्शाको फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र नक्शावालाको हस्ताक्षर सहित)
६) डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी (सरोकारवालाबाट प्रमाणित)
७) मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल
८) भवन निर्माण हुने जग्गामा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)
९) जग्गा कुनै निकायमा धितोको लागि सुरक्षित राखिएको भए सम्बन्धित निकायबाट स्वीकृतिपत्र
१०) नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र