कित्ताकाट ठप्प भए पनि घरजग्गा किनबेचमा असर परेन

  • By: purbeli
  • July 19, 2022

काठमाडौं । धेरैलाई अनुमान थियो कित्ताकाट नहुँदा घरजग्गाको कारोबारमा कमी आउने छ । तर, भूमि व्यवस्थाको अविलेख विभागले सबैको अनुमान फेलगराएको छ। अभिलेखालयका अनुसार देशभरबाट ४७ हजार घरजग्गा किनबेच भएको छ। यो असार महिनाको मात्र डाटा हो।

नयाँ भूउपयोग नियमावली २०७९ अनुसार कित्ताकाटमा रोकावट नहुँदै वैशाखमा ४४ हजार ८०३ र जेठमा ५४ हजार ५१५ घरजग्गा किनबेच भएका थिए । वैशाख र जेठको तथ्यांकको आधारमा असार महिनाको कारोबार त्यति निराशाजनक नरहेको घरजग्गा व्यवसायी बताउँछन् ।

तर, घरजग्गा व्यवसायमा चरम तरलता अभाव, बढ्दो ब्याजदर, चुनावी वर्ष लगायतको प्रभाव भने देखिएको छ । ०७८ फागुनमा देशभरी ७४ हजार ३६, चैतमा ७० हजार ८३० घरजग्गा किनबेच भएकोमा नयाँ वर्ष सुरु भएसँगै किनबेच पनि सुस्ताउँदै गइरहेको व्यवसायीहरु बताउँछन्।

असारमा कित्ताकाट ठप्प भएपछि देशभरी ३७ हजार २६८ मात्र कित्ताकाट भएको देखिन्छ । जबकी, वैशाखमा एक लाख ९ हजार र जेठमा एक लाख २३ हजार कित्ताकाट भएको थियो ।
चालु आवकै कुरा गर्दा, साउनमा एक लाख ६६ हजार, भदौमा एक लाख ४८ हजार, असोजमा एक लाख २८ हजार, कात्तिकमा एक लाख ११ हजार, मंसिरमा एक लाख ५८ हजार, पुसमा एक लाख ६३ हजार, माघमा एक लाख ३५ हजार, फागुनमा एक लाख ६९ हजार र चैतमा एक लाख ७२ हजार कित्ताकाट भएको विभागको तथ्यांक छ ।
तर, २३ जेठमा भूउपयोग नियमावली २०७९ जारी भएपछि भूमि मन्त्रालयले २७ जेठमा स्थानीय तहले कृषि र गैरकृषि भूमि भनेर वर्गिकरण गरी सिफारिस नदिएसम्म कित्ताकाट नगर्न मालपोत,नापी कार्यालयलाई परिपत्र गरेपछि असार सुरु भएसँगै देशभरी कित्ताकाट ठप्प छ ।

सरकारले कृषि तथा गैरकृषि भूमि वर्गिकरणका लागि स्थानीय भूउपयोग परिषदलाई अधिकार दिएको छ । तर, महिना दिन वितिसक्दा पनि स्थानीय भूउपयोग परिषदले अझै जग्गाको वर्गिकरण गर्न सकेका छैनन् । स्थानीय तहले जग्गाको वर्गिकरण नगर्दासम्म कित्ताकाट ठप्प नै हुने देखिन्छ |

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?