घर जग्गा धितो बन्धक राख्न मालपोत कार्यालयले कति राजश्व लिन्छन् ?

  • By: purbeli
  • July 8, 2022

काठमाडँ । केही काम गर्दै हुनुहुन्छ ? तपाईँलाई काम गर्नका लागि आवश्यक पर्ने कर्जा वित्तीय संस्थाबाट लिँदै हुनुहुन्छ ? ति वित्तीय संस्थाबाट कर्जा लिँदा घर जग्गा धितो राख्ने सोचमा हुनुहुन्छ ? यदि त्यसो हो भने यो समाचार तपाईँकै लागि हो।
बैंक तथा वित्तीय संस्थाले तपाईको घर जग्गा धितो राखेर कर्जा दिनु पहिला मालपोत कार्यालयमा घरजग्गा धितो बन्धक राख्दछ । यसरी धितो बन्धक राख्दा तिनुपर्ने राजश्वको दरका बारेमा पनि जानकारी हुनु राम्रो हुनेछ । यसरी मालपोतमा धितो बन्धक राख्दा राजश्वको दर थाहा पाउँदा तपाईंलाई पैसाको जोहो गर्न पनि सहज हुनेछ ।
आज हामी बैंकबाट कति रकम कर्जा लिँदा मालपोत कार्यालयले धितो बन्धक राख्दा कति राजश्व लिने गर्छन भनेर तपाईंलाई जानकारी गराउन गइरहेका छौं ।
बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई जति रकम कर्जा दिने भनेर प्रोपर्टी (घरजग्गा) धितो रोक्का गर्न खोजेको छ, बैंकको त्यही पत्रको आधारमा मालपोत कार्यालयले राजश्व लिएर तपाईंको धितो दृष्टि बन्धक राख्ने गर्छन् ।
भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर (लगनखेल)का अनुसार, मालपोत कार्यालयले ५ लाख रुपैयाँ सम्मको धितो–कर्जा रकममा ३ हजार रुपैयाँ राजश्व लिने गर्छन् ।
पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको धितो–कर्जा रकममा ५ हजार रुपैयाँ, २० लाखदेखि ५० लाखसम्म ८ हजार रुपैयाँ, ५० लाखदेखि एक करोड सम्मको धितो–कर्जा रकममा २५ हजार रुपैयाँ राजश्व मालपोत कार्यालयलाई बुझाउनुपर्छ ।
एक करोडदेखि दुई करोडसम्मको धितो–कर्जा रकममा ५० हजार रुपैयाँ, दुई करोडदेखि ५ करोडसम्म धितो–कर्जामा ७५ हजार, ५ करोडदेखि १० करोडसम्मको धितो–कर्जा रकममा एक लाख १० रुपैयाँ राजश्व तिर्नुपर्छ ।
यस्तै, १० करोडदेखि १५ करोडसम्मको धितो कर्जा रकममा एक लाख २५ हजार, १५ करोडदेखि २० करोडसम्म एक लाख ५० हजार, २० करोडदेखि ५० करोडसम्मको धितो–कर्जा रकममा मालपोत कार्यालयले धितो बन्धक राखे वापत एक लाख ७५ हजार रुपैयाँ राजश्व लिन्छन् ।
५० करोडदेखि एक अर्बसम्म धितो–कर्जा रकमको दुई लाख रुपैयाँ र एक अर्बभन्दा बढीको थैली अंकमा ३ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने हुन्छ ।

यहाँ बुझ्नै पर्ने अर्को कुरा, यदि बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट दिने कर्जाको थप धितो बन्धक वा दृष्टिबन्धक लिखतमा अघिल्लो पारित लिखतमा उल्लेख गरिएको रकममा थप हुने रकम समेत जोडी कायम हुने कुल धितो रकमको आधारमा सेवा शुल्क लाग्छ ।
एउटै कारोबारबाट २० लाख रुपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरिद बिक्री गर्दा क्रेताले बैंकबाट भुक्तानीको लागि योग्य भनि छाप लागेको चेकको फोटोकपी पेश गरिसकेपछि वा विक्रेताका नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेश गरिसकेपछि मात्र लिखत पारित हुने मालपोत कार्यालय ललितपुरले जनाएको छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?