चालु आर्थिक वर्षमा घरजग्गा कर्जा प्रवाह बढ्यो

  • By: purbeli
  • July 14, 2022

काठमाडौं । चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रमा १६ प्रतिशत बढीले कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षको असार मसान्त भन्दा चालु आर्थिक वर्षको असारमा १६.८ प्रतिशतले कर्जा प्रवाह बढेको राष्ट्र बैंकको रिपोर्टमा देखाइएको छ।

राष्ट्र बैंकको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको ११ महिनाामा बैंकहरुले घरजग्गामा ८१ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ। साउनदेखि जेठसम्म घरजग्गामा प्रवाह भएको कर्जामध्ये ४० अर्ब ९३ करोड रुपैयाँ व्यक्तिगत आवासिय कर्जा र ४० अर्ब १७ करोड रुपैयाँ रियलस्टेट कर्जा रहेको छ । राष्ट्र बैंकले अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासिय कर्जामा गणना हुने व्यवस्था गरेको छ ।

अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गामा प्रवाह गरेको कुल कर्जा रकम ५ खर्ब ६२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ, जसमध्ये व्यक्तिगत आवासिय कर्जातर्फ ३ खर्ब ३९ अर्ब १९ करोड रुपैयाँ र रियलस्टेट कर्जातर्फ २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
बैंकिङ प्रणालीमा चरम तरलता अभाव र बढ्दो ब्याजदरकै बिच पनि बैंकहरुको घरजग्गामा कर्जा लगानी बढेको देखिन्छ । निजी क्षेत्रका एकाध दुई बैंकबाहेक अरुले तरलता अभावको कारण देखाउँदै उत्पादनमुलक क्षेत्रमै कर्जा प्रवाहमा रोक लगाएका छन् ।

११ महिनामा प्रवाह भएको कर्जामध्ये रेसिडेन्सियल रियलस्टेटतर्फ (डेढ करोडसम्मको व्यक्तिगत आवासिय कर्जाबाहेक) १९ अर्ब ३५ करोड, कमर्शियल कम्पलेक्स र रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ५ अर्ब ९८ करोड, कमर्शियल जग्गा किन्न र प्लटिङ गर्न ८ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

अहिलेसम्म घरजग्गा प्रवाह भएको कुल कर्जामध्ये कमर्शियल रियलस्टेटतर्फ दुई खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासिय कर्जाबाहेक) ६५ अर्ब ८८ करोड, कमर्शियल कम्पलेक्स र रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा २५ अर्ब, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा ७ अर्ब ४५ करोड, जग्गा किल्न र प्लटिङ गर्न २८ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?