घरमा लगाउने रङ र मानव स्वास्थ्य

  • By: purbeli
  • July 27, 2022

काठमाडौँ । हामीले वर्षौ मेहनत गरेर घर बनाउँछौँ। घरमा आफूलाई मन पर्ने रंग रोगन पनि गर्छौँ। तर, कहिलै रंग र हाम्रो स्वास्थ्यको बारेमा सोचेका छौँ। पक्कै पनि छैनौ होला अब सोच्ने बेला भयो। हामीले आफूलाई मात्र नभएर घरमा भएका बालबालिकाको स्वास्थ्यको लागि पनि रंग लगाउने बेलामा सोच्नु पर्ने हुन्छ।
रङ उत्पादक कम्पनीले रङमा लिडको मात्रा क्रमिक रूपमा घटाउँदै लगेका छन्। घर रङ्ग्याउँदा प्रयोग गरिने इनामेलमा उच्च मात्रामा लिड रहेको र यसले मानव स्वास्थ्यमा असर गर्ने भन्दै आलोचना हुन थालेपछि कम्पनीहरूले यसमा सावधानी अपनाउन थालेका छन्।

लिडलेसमा पनि सिल्क, इमल्सन, ड्राइ ग्लसलगायतका रङको प्रयोग उपयुक्त रहेको विज्ञहरूको सुझाव छ। नेपालमा रङ उत्पादन गर्ने उद्योगले ९९ पीपीएमभन्दा बढी लिड प्रयोग गर्न पाइँदैन। मापदण्डमा रहँदै अहिलेको अवस्थामा अधिकांशजसो रङ कम्पनीको रङमा योभन्दा बढी लिड पाइदैन। सस्ता, कमसल तथा बढी लिड भएको रङ प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुरालाई मध्येनजर गर्दै रङ उत्पादकले गुणस्तरीय रङ उत्पादन गर्न थालेका छन्।

तर केही रङम भने ४ हजार पीपीएमसम्म लिड प्रयोग गरिएको मात्रा भेटिएको छ। यस विषयमा सर्वसाधारण सचेत हुन जरुरी छ। रङमा प्रयोग हुने लिडले सबैभन्दा धेरै असर बच्चाको बौद्धिक विकासमा पर्छ। लिडले श्वासप्रश्वासमा पनि असर गर्छ। उच्च लिडको प्रयागले पुरुषमा उच्च रक्तचाप, नपुंसकता तथा किड्नीमा समस्या ल्याउन सक्छ। त्यस्तै महिलाको महिनावारी बिग्रने, गर्भ तुहिने जस्ता समस्या देखिने गरेको छ। लिड बढी भएको रङकै कारण विश्वमा वर्षमा ६ लाख बालबालिका बौद्धिकता अपांगा हुने र एक लाख ४३ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ।

संसारका ६२ वटा देशले रङको मापदण्ड पूरा गर्न सफल भए पनि नेपालमा उपलब्ध केही रङले सो मापदण्ड राख्न सकेका छैनन्। तसर्थ सरकारी निकायले रङको मापदण्ड तोकेर चाँडै प्रभावकारी नियम कार्यान्वयन गराउन जरुरी छ। मापदण्ड तोक्ने तर प्रभावकारी कार्यान्वयन नगर्ने हो भने, नेपालले आगामी दिनमा श्रमिक, उपभोक्ता र वातावरणीय क्षति व्यहोर्नु पर्ने निश्चित छ।

मापदण्डभन्दा बढी लिड भएका रङले मानव शरीर र वातावरणमा पार्ने असर र त्यसको रोकथामबारे सबै जानकारी हुन जरुरी छ। प्रयोगकर्ताले लगानी र मुनाफाभन्दा स्वास्थ्यगत फाइदालाई नियाल्न जरुरी हुन्छ। तसर्थ घरमा लगाउन गुणस्तरीय रङ छनोट गरौं, स्वस्थ रहौं, वातावरण जोगाऔं। शहरी क्षेत्रका आधुनिक घर मा विभिन्न किसिमका महँगा रङको प्रयोग गरिए पनि गाउँघरतिरका माटोले बनेका घरमा भने अझै पनि रातो माटो र कमेरो प्रयोग हुने गरेको छ। उपत्यकामा समेत इँटा र माटोले बनेका पुराना घरमा कमेरो लगाउने गरिन्छ। घर रङ्गाउने पारम्पारिक रङमा रातो माटो, कमेरो, कालीमाटी तथा पहेँलो माटो लगायत पर्दछन्।

पाम्परागतरूपमा घर सजाउन स्रोतबाट सफा तथा शुद्ध माटोलाई ल्याएर कम्तीमा एक रात भिजाउने गरिन्छ। यसरी भिजाइएको माटो नरम, तथा लिसाइलो बन्छ। प्रयोग गर्दा भित्तामा लगाई एक दिन सुक्न दिइन्छ। राम्रोसँग सुकेको माटो घरको भित्तामा लामो समयसम्म टिक्छ। यसरी लगाईएको माटो सफा स्रोतबाट भए स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?