पोखरामा जग्गाको सरकारी मूल्याङ्कन कस्तो छ ?

  • By: purbeli
  • August 8, 2022

काठमाडौं । पोखरा सबैलाई मन पर्ने ठाउँ हो । घुम्न गएकाहरु त पोखरालाई विर्सिन सक्दैनन् भने नगएकाहरुको पनि एक पटक घुम्न जाने ठाउँका रुपमा पोखरा सबैको मनमा हुन्छ । पोखरामा घर बनाएर बस्ने, जग्गा खरिदविक्री गर्ने पनि धेरैको अपेक्षा हुन्छ ।
तर, के थाहा छ तपाईलाई पोखराको जग्गाको सरकारी मूल्य कति छ ? आज हामी पोखरामा जग्गाको सरकारी मूल्यको बारेमा हामीले छलफल गर्ने रेका छौँ । पर्यटकीय नगरी पोखरामा जग्गाको सरकारी मूल्य नै रोपनीको ६३ लाख ५९ हजार रुपैयाँसम्म बढेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी न्यूनतम सरकारी मूल्य बढ्ने ठाउँ वडा नम्बर ५ को फिर्के पुल पश्चिम जिरो किमी हुँदै शान्तिनगर चोकसम्मको जग्गा रहेको छ ।
गत वर्ष सो ठाउँमा प्रतिवर्ग मिटर न्यूनतम सरकारी मूल्य ४७ हजार ५ सय रपैयाँ रहेकोमा यस वर्ष साढे १२ हजार रुपैयाँ बढाएर प्रतिवर्ग मिटर ६० हजार रुपैयाँ पुर्याइएको छ । ५०८.४७ वर्ग मिटरको एक रोपनी क्षेत्रफल हुन्छ । यसको मतलब गत वर्ष रोपनीको दुई करोड ४१ लाख ५२ हजार रुपैयाँ रहेको यो ठाउँको सरकारी मूल्य बढेर तीन करोड ५ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

यो वर्ष फिर्के पुल पश्चिम जिरो हुँदै शान्तिगरसम्मको जग्गाको सरकारी मूल्य आनामै ६३ लाख ५९ हजार रुपैयाँ बढेको हो । वडा नम्बर पाँचमै पर्ने पोखरा बाग्लुङ राजमार्गमा जग्गाको सरकारी मूल्यांकन रोपनीमा ६१ लाख ५ हजार रुपैयाँले बढाइएको छ । यो ठाउँमा गत वर्ष प्रतिवर्ग मिटर ५८ हजार रुपैयाँ रहेको सरकारी मूल्य बढाएर ७० हजार कायम गरिएको छ ।

सबैभन्दा महंगो मूल्यको जग्गा लेकसाइडमा रहेको छ । यो ठाउँमा प्रतिरोपनी सरकारी मूल्य ५० लाख ७० हजार रुपैयाँ बढेर ५ करोड ८ लाख ७४ हजार रुपैयाँ कायम गरिएको छ । वडा नम्बर ६ अन्र्तगत पर्ने जिल्ला अदालतदेखि हल्लनचोकसम्म (लेकसाइड) मुख्य सडकमा प्रतिवर्ग मिटर सरकारी मूल्य १० हजारले बढेर एक लाख रुपैयाँ पुगेको हो ।

कास्कीका सिडिओ जयनारायण आचार्यको अध्यक्षतामा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुखसहित बसेको मालपोत कार्यालय कास्कीको वैठले चालु आर्थिक वर्षको रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्न न्यूनतम मूल्य निर्धारण गरेको हो । कास्कीको पोखरा महानगरपालिकासहित अधिकांश ठाउँको सरकारी मूल्यांकन यस वर्ष बढाइएको छ ।

वडा नम्बर ३ मा पर्ने मुख्य पक्की सडकमा जग्गाको सरकारी मूल्य गत वर्ष प्रतिवर्ग मिटर २६ हजार ५ सय रहेकोमा यस बर्ष ३० हजार कायम गरिएको छ । वडान नम्बर ४ पालिखे चोकदेखि महेन्द्र पुल हुँदै सिद्धार्थ चोकसम्मको जग्गाको सरकारी मूल्य प्रतिर्व मिटर ६ हजार रुपैयाँ बढाई ८० हजार कायम गरिएको छ । वडा ७ गन्तर्गत पर्ने मुस्तङचोक नेपाल राष्ट्र बैंकसम्म मुख्य पक्की सडकको जग्गाको सरकारी मूल्यांकन ७ हजारले बढाएर प्रतिवर्ग मिटर ५५ हजार पुर्याइएको छ ।

यस्तै, वडा ८ न्यूरोडमा पर्ने मुख्य पक्की सडक (विपी राजमार्गसमेत) र पृथ्वीचोकदेखि जिरो किलोसम्मको पक्की सडकमा प्रतिवर्ग मिटर जग्गाको सरकारी मूल्यांकन ९०÷९० हजार कामय गरिएको छ । यस्तै, पृथ्वीचोकदेखि नयाँ वजार हुँदै महेन्द्र मावीसम्म मुख्य सडकमा ८५ हजार कायम गरिएको छ । गत वर्ष उल्लेखित ठाउँमा न्यूनतम सरकारी मूल्य प्रतिवर्ग मिटर ८० हजार रुपैयाँ कायम थियो ।

वडा नम्बर ९ अन्तर्गत पर्ने मुख्य पक्की सडक र पृथ्वी चोकदेखि नयाँ बजार हुँदै महेन्द्र पुलसम्म मुख्य पक्की सडकमा जग्गाको मूल्य ५ हजारका दरले बढाएर प्रतिवर्ग मिटर ८५÷८५ हजार रुपैयाँ पुर्याइएको छ । पृथ्वी चोकदेखि पूर्वतर्फ वडा १० को सिमाना पृथ्वी राजमार्गसँग जोडिएको जग्गाको मूल्य प्रतिवर्ग मिटर ४५ हजार कायम छ ।

यस्तै, बुद्धचोकबाट गौरीमार्ग हुँदै रामबजार जोडिने मुख्य पिच, बुद्धचोक, गौतमबुद्ध मार्ग, शान्तीमार्ग, गण्डकी हस्पिटा दक्षिणबाट १० नम्बर वडा सिमना हुँदै औद्योगिक क्षेत्रको गेटसम्मको जग्गाको मूल्यांकन ४० हजार तोकिएको छ ।

वडा नम्ब ११ मा पर्ने मुख्य पक्की सडक र रानीर्पावा हुँदै शिवशक्ति मावीदेखि मणिपाल हस्पिटलको गेटसम्मको जग्गाको मूल्य क्रमशः प्रतिवर्ग मिटर ३० हजार र २९ हजार तोकिएको छ । साविकको काउँ गाविसमा जग्गाको मूल्य रोपनीको न्यूनतम ५ लाखदेखि १८ लाख रुपैयाँसम्म तोकिएको छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?