घरमा फूलपाती किन भित्र्याउने ?

  • By: purbeli
  • September 30, 2022

काठमाडौँ । आजभोली दसँै चलिरहेको छ । हुन त घटस्थापनाबाट नै दसैँ प्रारम्भ हुन्छ । तर, फूलपाती भित्र्याउने दिनलाई देवीहरु घर प्रवेशको अर्थमा शास्त्रले अझै बढी महत्त्व दिएको पाइन्छ ।

ज्योतिष तथा वास्तुशास्त्री सुरेशचन्द्र रिजाल फूलले फूलको गुच्छा र पातीले फूलका पात भन्ने जनाउँने बताउँछन् । समग्रमा भन्नुपर्दा फूल, पात र त्यसको बोटको समिश्रण हो फूलपाती। नवरात्री पूजाको सातौ दिनमा उत्सवका साथ पूजा कोठामा नौ प्रकारका फूलपाती भित्राउने परम्परा छ । यसर्थ विजयादशमीको सातौ दिनलाई फूलपातीको रुपमा मनाइने उनी बताउँछन् ।

शास्त्रअनुसार फूलपातीका नौ सामाग्रीको समिश्रणलाई नवपत्रिका भनिन्छ । नवपत्रिभाका केराको बोट, दारिम, धानको बाला, हलेदो, मनवृक्ष, काचुकि, वेलपत्र, अशोक र जयन्ती समावेश हुन्छन् ।

शास्त्रमा केराको बोटले ब्राम्हनी देवीको प्रतिनिधित्व गर्छ, जसले शान्ती प्रदान गर्छिन् भन्ने विश्वास रहेको उनको भनाइ छ । यस्तै, दारिमले रक्त दन्तिका देवीको प्रतिनिधित्व गर्छ, जसले उपासना गर्नेलाई आशिर्वाद प्रदान गर्छिन् । धानको बालामा माता लक्ष्मीको वास हुन्छ , जो धनकी देवी हुन् ।

यसैगरी, फूलपातीको दिन चाहिने अर्को वस्तु हलेदोहो ।हलेदोमा माता दुर्गाको लालित्य हुने भएकोले त्यसको शोभा बढाइ अवरोधहरुको अन्त्य गर्छिन् । मनवृक्षमा देवी चामुण्डाको वास हुन्छ , जसले दुष्ट र खराबीको अन्त्य गर्छिन् । काचुकिले देवी कालिकाको प्रतिनिधित्व गर्छ , जसले मानवजातिलाई आशिर्वाद प्रदान गर्छिन् ।

भने वेलपत्रमा भगवान शिवको वास हुन्छ , साथै वेलपत्र भगवान विष्णु र शिवको मनपर्ने फल हो । अशोकको बोटमा देवी शोकरहिताको वास रहन्छ । जयन्तीले कार्तिकि देवीको प्रतिनिधित्व गर्छ ।

फूलपातीलाई घरको बाहिर सजाएर त्यसलाई दशै घर अर्थात पूजा कोठामा लगेर स्थापना गरिन्छ । नवरथाको सातौ दिनमा आफ्नो पारिवारिक चलन अनुसार फूलपातीलाई पूजा कोठामा राख्ने परम्परा छ । फूलपातीलाई पूजा कोठामा राखि घटस्थापनाको दिनमा राखिएको जमरासँगै पूजा गरिन्छ ।

फूलपातीलाई घरमा भित्राउनु भनेको नौ देवीलाई गृह प्रवेश गराउनु हो । सम्पूर्ण नौ पातीले देवीहरुको प्रतिनिधित्व गर्छ जसले स्वास्थ्य, धन र समृद्धिको प्रतिनिधित्व गर्छन् । फूलपाती स्थापना गर्नु भनेको घरमा सुख समृद्धि, स्वास्थ्य र धनको प्रवेश गराउनु हो ।

यसै दिनमा ज्ञानकि देवी सरस्वतीको पनि पूजा अर्चना गरिन्छ । यस्तै विभिन्न पेशा व्यवसाय अँगालेका व्यक्तिहरुले उनीहरुको विविध सामाग्री र उपकरणलाई दशै घर अर्थात पूजा कोठामा राखि त्यसको पूजा आजा गर्ने चलन छ र त्यसलाई दशमीको दिनमा मात्र बाहिर निकाल्ने परम्परा छ ।

गोर्खाको दशै घरबाट सहयोगीहरुले फूलपातीको लागि नवपत्रिका बोकेर पुरानो बाटो हुदै धादिङ जिल्लाको जिवनपुरसम्म ल्याउने गर्छन ।फूलपाती बोक्ने मान्छेले बुढिगण्डकि नदि पुल वा डुङ्गाको प्रयोग नगरि पौडि खेलेर तर्ने चलन छ । शाहि दशै घरका पुजारीहरु धादिङबाट काठमाडौँसम्म फूलपाती बोकेर लिएर आउने मानिसको पर्खाइमा रहने गर्छन ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?