दसैँका बेला पूजा गर्न सकिने देवीस्थान कुन कुन हुन ?

  • By: admin
  • October 1, 2022

काठमाडाैँ – दसैँमा हामीले देवीहरुलाई शक्तिको रुपमा पूजा गर्ने गछौँ । नौ वटा दुर्गालाई पूजा गरिने हुँदा नवदुर्गा, नवरात्री भनेर पनि दसैँलाई बुझ्ने गरिन्छ ।

नेपालमा पनि विभिन्न शक्तिपीठहरु छन् । जहाँ हामी दसैँको बेला पूजा आराधानका लागि पुग्न सक्छौँ ।

ज्योतिष तथा वास्तुशास्त्री सुरेशचन्द्र रिजाल दसैँका बेला देवीको उपसाना गर्नाले सत्यवादी हुने र हामीले सोचेको पुग्ने विश्वास शास्त्रमा रहेको बताउँछन् । त्यस्तै उनले असत्यमाथी सत्यको विजय भएका कारण पनि दसैँमा देवीको उपसना गर्नु राम्रो हुने बताए ।

यहाँ चर्चा गरौँ केही देवीस्थानहरुको जहाँ हामी पूजा आरधाना गर्न सक्छौ ।

– गुह्येश्वरी
काठमाडौंमा अवस्थित गुह्येश्वरी श्रीस्वस्थानी अनुसार महादेव पत्नी सतीदेवीको गुह्य पतन भएर उत्पती भएको मानिन्छ । गुह्येश्वरीमा दशैंंका बेला घटस्थापनादेखि नै पुजाआजा हुने गर्दछ भने पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वास्थानी व्रतको बेला घुइचो लाग्दछ ।

– दक्षिणकाली
काठमाडौंबाट केहि किलोमिटरको दुरीमा रहेको दक्षिणकाली मन्दिरमा विशेष देवी कालीको पुजाआजा हुने गर्दछ । दक्ष्ँिणकालीमा दशैंंको नवरात्रीका बेला पशुबली दिएर मनोबाञ्छित फल माग्ने गरीन्छ ।

– भद्रकाली
दशैंंमा आर्शिवाद दिदा“ उच्चारीत गरीने “जयन्ती मंगला काली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः” स्लोकमा देवी दुर्गाको अनेक नामले पुकार गरीन्छ । जसमा उच्चारीत देवी दुर्गाको एक रुप हो, भद्रकाली । काठमाडौंको माइतीघर र सुन्धाराको मध्यमा रहेको भद्रकाली मन्दिरमा नवरात्रमा विशेष पूजा हुने गर्दछ ।

– पाथीभरा देवी
पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । यो मन्दिरमा वर्षभरि नै श्रद्धालुको भिड लाग्छ । तथापी दशैंमा यहाँ श्रद्धालुको विशेष भिड हुन्छ ।

– माईपोखरी
माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा पर्छ । यस पोखरीको नवरात्रसँग नजिकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीमा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ ।

– कन्काई माई
कन्काई माई झापा जिल्लाको प्रसिद्ध मन्दिर हो । यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटरमा पर्दछ। पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादशैंका दिन माई नदीमा नुहाएर दर्शन गर्छन् ।

– मनकामना
गोरखामा अवस्थित मनोकामनामा पुजाआजा वा दर्शन गरेमा सम्पुर्ण मनोकामना पुर्ण हुने विश्वास रह“दै आएको छ । केबुलकारबाट केहि मिनेटमा नै पुग्न सकिने मनोकामना पैदल जान चाहे आबुखैरेनीबाट ५ घण्टा उकालो हि“डेर पुग्न सकिन्छ । प्रत्येक अष्टमीमा बलि चढाइने मनोकामनामा दशैंंंका बेला ठूलो भीड लाग्ने गर्दछ ।

– बागेश्वरी
बाँकेको नेपालगञ्जमा अवस्थित चर्चित बागेश्वरी मन्दिर स्थानमा सतीदेवीको जिब्रो पतन भएको मान्यता छ । किन्नरगणबाट पूजाअर्चना भएको यस स्थान शक्तिपिठका रुपमा चर्चित छ । दशैंंका बेला बिषेश घुइचो लाग्ने यस मन्दिरको दर्शन गरे मनोबाञ्छित फल पाइने जनविश्वास छ ।

– शिरस्थानदेवी
दैलेख बजारदेखि ५ किलोमिटर पश्चिममा पर्ने नाभी र छामखोलाको दोभानमा ज्वालादेवीको मन्दिर छ । स्थानीय बासिन्दाहरूले यसलाई शिरस्थानदेवी भन्छन् । नाभी र छामखोलाको दोभानमा सतीदेवीको शिर पतन भएको विश्वास गरिन्छ । यो मन्दिर २ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ । सतीदेवीको अंग पतन भएकाले यहाँ दशैंंंमा मेला लाग्छ ।

– देवीस्थान भगवति
बाग्लुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिरमा दशैंंं तथा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन् ।

– त्रिवेणी
उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा तीन नदी मिसिएको स्थान हो, त्रिवेणी । यहाँ दशैंंको अष्टमीमा नुहाउने चलन छ ।

– छिन्ताङ भगवति
छिन्ताङ, धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो । यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ । यहाँ पनि दशंैमा भव्य मेला लाग्दछ ।

 

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?