वास्तु अनुसार घरमा ऐना कहाँ राख्ने ?

  • By: admin
  • September 19, 2022

काठमाडौँ । हामी घरमा साना तिना कुराहरुलाई व्यवस्थापन गर्न नसकेर जीवनमा ठूला ठूला कुराहरु पनि गुमाइरहेका हुन्छौँ ।

अवसर, व्यापार घाटा, घरमा कलह, प्रेममा कमीलगायतका विषयहरु हामीले बस्ने ठाउँमा प्रयोग हुने सामग्रीको वास्तु अनुसारको व्यवस्थापन गर्न नसक्नु नै हो ।

वास्तुशास्त्री तथा ज्योतिष सुरेशचन्द्र रिजाल सानो तिनो आन्तरिक सजावटका सामग्रीलाई वास्तु अनुसार व्यवस्थापन गर्नु पर्ने बताउँछन् । आज हामी घरको आन्तरिक सजावटमा ऐनाको महत्व के हुन्छ र कुन स्थानमा राख्ने भन्ने विषयमा छलफल गर्ने छौँ ।

रिजालका अनुसार परिवारको खुशी, सम्पन्नता र मानसिक शान्तिका लागि घरमा ऐनाको स्थान मिलाउनु जरुरी हुने वास्तुशास्त्रीहरुको भनाइ छ । ऐनाले पानी तत्वलाई जनाउँछ । ऐना राखेपछि यस अगाडि वस्तु परावर्तित हुन्छ । तसर्थ, घरमा आउने सकारात्मक ऊर्जाहरुलाई वृद्धि गर्न ऐनाको महत्वपूर्ण भूमिका हुन्छ ।

पानी तत्वसँग सम्बन्धित भएकोले घरको उत्तर–पूर्वी कुना (इशान कोण) मा ऐना राख्नु निकै नै फाइदाजनक हुन्छ । यसबाट परिवारका सदस्यहरूको ज्ञान, विवेक र सोच्ने क्षमता वृद्धि हुने वास्तुशास्त्रमा उल्लेख छ । यसैगरी घरको उत्तर भित्तामा ऐना राख्दा सामाजिक प्रतिष्ठा राम्रो रहने बताइएको छ ।

घरको पश्चिम र दक्षिण पश्चिम भित्ताहरूमा ऐनाको प्रयोग गर्नु खासै उपयुक्त मानिँदैन । यदि ऐना राख्नै परेमा काठको फ्रेम बनाएर राख्नु उत्तम हुन्छ । उत्तर र उत्तर–पश्चिम भित्ताहरुमा भने काठको सट्टा mभतब िको ाचबmभ मा ऐना राख्नु उत्तम मानिन्छ ।

सुत्ने कोठामा ओछ्यानबाट देखिने गरी ऐना राख्नु उपयुक्त मानिँदैन । यदि राख्नै भए यसलाई पर्दाले वा अन्य केहीले ढाकेर राख्ने काम भएको बेला मात्र प्रयोग गर्ने गर्नुपर्दछ । यदि सुत्ने कोठामा ऐना राखेमा स्वास्थ्यसँग सम्बन्धित समस्याहरु आउने र शान्तसँग सुत्न नसकिने कुरा वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

घरको खाना खाने ठाउँमा ऐनाको प्रयोग गर्न सकिन्छ । यहाँ राख्दा पूर्वी भित्तामा राख्नु उपयुक्त हुन्छ । साथै, ऐनामा धेरैजसो खानेकुराहरू परावर्तन हुनेगरी राख्न सकेमा घरमा खाद्यान्नको अभाव नहुने विश्वास छ ।

पढ्ने कोठाको उत्तर–पूर्वी कुनामा ऐना राख्नु निकै नै फलदायी हुनेछ । यहाँ राख्दा किताबहरू भने परावर्तन हुँदैन । केहि सुन्दर तस्बिरहरु परावर्तन हुनेगरी ऐना राख्नु राम्रो हुन्छ ।

वास्तुशास्त्र अनुसार, घरको त्यस्तो कोठा वा ठाउँ, जहाँ हामी बहुमुल्य गरगहना, पैसा, बैंकको अजभअप आदि ठाउँमा भने सम्भव भएसम्म सबै दिशाका भित्ताहरुमा ऐना राख्न सकेमा धन सम्पति तथा गरगहना सोहीअनुसार बढ्दै जाने विश्वास छ ।

घरको मूल ढोकाको अगाडि वा पछाडि ऐन राख्न हुँदैन । यसले घरमा हुन सक्ने अवसरहरु गुम्न सक्छ भने सुत्ने कोठामा ओछ्यानको अगाडि पनि ऐन राख्न हुँदैन । यसले थकान महसुस हुन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?