दसैँमा घरमा बनाउन मिल्ने मासुका परिकारहरू

  • By: admin
  • October 3, 2022

काठमाडौँ   । दसैँ मिठो मिठो मासुको परीकार बनाएर खाने पर्व पनि हाे । हामी नेपालीहरूको महान् चाड दसैँमा त हरेकको घरमा मासुकाे मिठो मिठो परिकार बनाउने होडबाजी नै चल्ने गर्दछ ।

याे दसैँमा मासुकाे कस्ताे कस्ताे परिकार बनाउँने भन्ने बारे अलमलमा हुनुहुन्छ भने हामी केही टिस्प दिन गइरहेका छाैँ ।

१ छोयला

आवश्यक सामाग्रीहरू  
मासु ,प्याज , ४ देखी ५ वटा गोलभेँडा, लसुन, अदुवाको पेस्ट , स्वाद अनुसार नुन , तेल , मरीचको धुलो , ल्वाङ सुकमेल, गरम मसला , बेसार , धनियाँ , स्वाद अनुसार खुर्सानी

विधि
मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने ।
नुन, बेसार राखेर राम्रोसँग मोल्ने ।
यसरी मोलेको मासुलाई आधा घण्टासम्म त्यसै छोपेर राख्ने ।
अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने ।
पोलेर तयार भएको मासुमा मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धानिया, मरीच, टिमुर हालेर मज्जाले मोल्ने ।
तेल तताएर तयारी मासुलाई झान्ने ।
अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वाद अनुसार कागतीको रस पनि मिसाउन सकिन्छ ।
यदि घरमा फ्रिज छ भने करिब आधा घण्टा चिसोमा राख्ने । यसो गर्दा मासुमा मसला पुरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ ।

२ मटन सेकुवा

आवश्यक सामग्रीहरू
मटन १ केजी, जिराको धूलो १० ग्राम, धनियाँ पाउडर १० ग्राम, खुर्सानीको धूलो १० ग्राम, बेसार १ चम्चा, गरम मसला १० ग्राम, अदुवा र लसुनको पेस्ट ४० ग्राम, लेमन रस १० मिलिलिटर, तोरीको तेल २० मिलिलिटर, दही १० ग्राम, र नुन स्वाद अनुसार

बनाउने विधि 
भाँडामा सबै सामग्रीसँग मासु हालेर मोल्ने ।
करिब ४ घण्टा फ्रिजमा राखेपछि सेकुवा बनाउन सकिन्छ ।
त्यसको लागी आफूसँग उपलब्ध झिरमा उनेर, ग्रिल गरेर, कोइलाको आगोमा पोलेर, सेकुवा तयार गर्न सकिन्छ ।

३ मटन कवाफ

आवश्यक सामग्री:
एक किलो खसीको मासु (हड्डी नभएको), एक सय ५० ग्राम प्याजको सानो र लामो टुक्रा, एक सय ग्राम भेंडे खुर्सानीको मसिनो लामो टुक्रा, ७५ ग्राम मसिनो गरी काटेको बन्दागोभी, ५० ग्राम हरियो धनियाँ। २ सय ग्राम दही, तीन चम्चा सुकेको रातो खुर्सानीको धूलो, दुई चम्चा जिराको धूलो, ५० ग्राम आल्मोड, २ सय ग्राम मैदा, आवश्यकता अनुसार घिउ र नुन

बनाउने विधि
मैदामा दही, मसला, नुन र खस्रो गरी पिसिएको बदाम मिसाउने ।
घिउ प्यानमा तताएर उक्त मिश्रणलाई केही मिनेट पकाएर अलग राख्ने ।
त्यसपछि मिश्रणमा मासुको टुक्रा हालेर मोल्ने र आधा पाक्ने गरी ग्रिल गर्ने ।
त्यसपछि अर्को प्यानमा घिउ तताई प्याज तथा भेंडेखुर्सानी हालेर लगभग एक मिनेट पकाउने ।
त्यसपछि मासुको टुक्रा, प्याज तथा भेंडे खुर्सानीलाई झिरमा उनेर पाकुन्जेल सेक्ने। त्यसपछि दहीको मि श्रण हाल्ने ।
यसलाई प्याज, भेंडे खुर्सानी तथा बन्दागोभीले सजाउन सकिन्छ। यसरी मटन कवाफ तयार हुन्छ ।

४ नेपाली मटन कवाफ

आवश्यक सामग्री: 
एक किलो खसीको मासु,  ६० ग्राम लसुन र अदुवाको पेस्ट, धनियाँको धूलो, जीराको धूलो, रातो खुर्सानीको धूलो स्वादअनुसार, ५० मिलिलिटर तोरीको तेल, एक ठूलो चम्चा जति घिउ, ४० ग्राम मिट मसला। चार–पाँचवटा तेजपात, नुन स्वादअनुसार

बनाउने विधिः
मासु र मसला हालेर मोल्ने ।
त्यसपछि एउटा डेक्चीमा राखेर मन्द आँचमा बसाल्ने ।
विस्तारै चलाउँदै पकाउने। तेल छुट्टन थालेपछि कवाफ तयार हुन्छ।

५ मटक कचौल

आवश्यक सामग्री
मासु १ सय ग्राम (बोसो भएको), कलेजो २ सय ग्राम (सानो सानो पि बनाउने), श्वासनली ५० ग्राम (स–साना टुक्रा बनाउने), खसीको ब्रेन, कान, किड्नीलाई बोइल गर्ने, तोरीको तेल २ चम्चा, प्याज २ वटा, धनियाँ र जिराको पेस्ट २ चम्चा, नुन स्वादअनुसार , ठूलो आलुलाई साना टुक्रा पारेर डिप फ्राई गर्ने , हरियो धनियाँको पात तथा हरियो लसुन २० ग्राम ,

बनाउने विधिः
तेल तताई प्याजलाई ब्राउन बनाउने। त्यसमा लसुनलाई १ मिनेट जति फ्राइ गर्ने ।
अदुवा, धनियाँ र जिराको पेस्ट तथा खुर्सानीको धूलोलाई राम्रोसँग चलाई १ मिनेट पकाउने ।
त्यसमा कलेजो, श्वासनली र किड्नी मिक्स गरी १ मिनेटजति पकाएर नुन हाल्ने ।
नुन हालिसकेपछि पुनः एक मिनेट जति पकाउने। पानी हालेर १२–१३ मिनेट सानो आगो बालेर पकाउने ।
त्यसमा फ्राई गरिएको आलु राम्रोसँग मिक्स गर्ने ।
पाकेपछि काटेको धनियाँ तथा हरियो लसुन राख्ने । ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?