दसैँ स्वस्थकर कसरी बनाउँने ?

  • By: admin
  • September 29, 2022

काठमाडौँ । हामी मध्ये धेरैको बानी हुन्छ । दसैँमा जति पनि खाने, जति पनि पिउने । पिउनेमा पनि हामी पिउनै पर्ने कुरा पनि पिउँछौँ र नपिउनु पर्ने कुरा पनि पिउँछौँ । जस्तै माछामासुसँग मद्यपान पनि गछौँ । तर, मासु खाएपछि पचाउँनका लागि पिउनु पर्ने मोही, दही कसैले पिउँदैनौँ ।

आज हामी दसैँलाई कसरी स्वस्थ्यकर बनाउँने भन्ने बारेमा छलफल गरिरहेका छौँ । धार्मिक र सांस्कृतिक महत्त्वका साथ टाढा टाढा पुगेका आफन्त भेला हुने भएर पनि दसैँको महत्त्व नेपालीहरू माझ धेरै छ । एकै स्थानमा भेट हुन, रमाइलो गर्नु, सुख दुःख बाँड्न पाइने भएकाले दसैँको छुट्टै रौनक हुन्छ ।

दसैँमा ठुलाबडाको आर्सीवाद लिनुका साथै नयाँ लुगा लगाउने, मिठो खाने गरिन्छ । यही नै दसैँको आनन्दमयी पक्ष हो । कतिपयलाई दंशैमा लामो बिदा हुने भएकाले कामको तनाव लिनु नपर्दा पनि आराम मिल्दछ । सबै पुराले पूर्ण हुदाँ हुदै पनि दसैँमा केही कुरामा भने मानिस ख्याल राख्नु पर्दछ ।

– मासु
खानपिनको पनि चाड भएकाले दसैँमा घरघरमा मासुका विभिन्न परिकार बनाइन्छ । तर, चिल्लो बढी भएको, भुटेको, तारेको मासुले मुटु रोग लाग्न सक्ने र मुटु रोग लागिसकेकालाई अझै समस्यामा पार्न सक्छ । यस अलावा चिल्लो, पिरो बढी भएका परिकारले ग्यास्ट्रिक समेत निम्त्याउन सक्छ । यो असर बढ्दै गएमा युरिक एसिड पनि हुन सक्छ । साथै बासी, सडेको, झिँगा भन्केको मासु सेवन गर्नाले झाडापखालाजस्ता धेरै प्रकारको रोग लाग्ने सम्भावना रहन्छ ।

– मद्यपान
मासु भएपछि धेरैले दसैँमा मद्यपान गर्ने साेच गर्छन । मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । अझ मुटुसम्बन्धी रोग वा समस्या भएका व्यक्तिले यसलाई पूर्ण रूपमा निषेध गर्नुपर्छ । मदिराको असर मस्तिष्कदेखि यसले मधुमेहमा पनि असर गर्छ । त्यसैले चाडलाई उत्साहमा मनाउनु पर्छ नशामा रहेर होइन ।

– धूपमान
मद्यपान गरेपछि सानका लागि पनि कतिपयले धूमपान गर्छन् । आजकल एउटा यस्तो समूह हुन्छ जो जुनै भेटमा पनि धूमपान गर्दछन् । अझ दसैँको भेटघाटमा त उनीहरू समूह वा टोल छिमेकमै प्रशस्त धूपमान गर्दछन् । धूपमान क्यान्सरको प्रमुख कारक हो । यसले फोक्सो, श्वासप्रश्वास लगायतमा समस्या निम्त्याउँछ । साथै धूमपान गर्नेको छेउमा भएको धूमपान नगर्ने मानिसलाई पनि यसले स्वास्थ्य समस्या गराउन सक्छ । त्यसैले यसको लतबाट दसैँमा टाढै बस्नु उपयुक्त हुन्छ ।

– व्यायाम
दसैँमा कतिपय मानिस छुट्टी मनाउने भन्दै घरमै बसी रातदिन नभनी तास खेल्ने, टिभी हेर्ने, मोबाइल ल्यापटप चलाउने गर्दछन् । तर यसरी निरन्तर एकै ठाउँमा गुम्सेर बस्दा शारीरिक व्यायाम कम हुन गई शरीरसम्बन्धी ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या उत्पन्न हुन सक्छन् ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?