घर किन्दा कस्ता कुरामा ध्यान दिने ?

  • By: admin
  • September 14, 2022

काठमाडौँ । धेरैको सपना हुन्छ एउटा घर । घर आफूले जग्गा किनेर बनाउँनेहरु पनि हुन्छन् भने बनाएको घर किन्नेहरु पनि हुन्छन् । ठूला शहरमा जग्गा किनेर घर बनउँछु भन्दा असम्भव जस्तै हुन्छ । हामीले ठूला सहरहरुमा बनाएको घर नै किन्नु पर्ने हुन्छ ।

बनाएको घर किन्दा धेरै कुरामा ध्यान दिनु पर्छ । हामीले बनाएको घर किन्दा ध्यान दिएनौँ भने जीवनभर कमाएको पैसा क्षणभरमै डुब्न सक्छ । त्यसैले घर किन्न अगाडि धेरै कुरा ध्यान दिनु पर्ने हुन्छ । विज्ञका अनुसार घर किन्दा निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

१. घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पुयाएर मात्र घर किन्नुपर्छ ।

२. घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पुयाउनुपर्छ ।

३. भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केलसम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

४. घरको लोकेशन ठाउँ पनि विचार पुयाउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ ।

५. सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पुयाउनु पर्छ ।

६. वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

७. घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पुयाएर मात्र घर किन्नु राम्रो हुन्छ ।

८. कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।

९. सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पुयाएर घर किन्नुपर्छ ।

१०. समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन । त्यो कुरामा पनि विचार पुयाएर घर किन्नु राम्रो हुन्छ ।

११. प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पुयाउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पुयाएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ ।

१२. घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पुयाएर मात्र घर किन्नुपर्छ ।

१३. घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ ।

१४. बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?