सफल हुनका लागि अफिसकाे वास्तु कस्ताे चाहिन्छ ?

  • By: admin
  • September 22, 2022

हामीले वास्तुमा कहिल्यै पनि ध्यान दिएको पाउँदैनौँ । चाहे अफिसमा होस् वा घरमा । घरमा कस्तो वास्तु हुने भन्ने विषयमा हामीले यसअघिका भागहरुमा कुरा गरेका छौँ । आज हामी अफिसको वास्तु कस्तो हुनु पर्छ भन्ने विषयमा छलफल गर्ने छौँ ।

हाम्रो कार्य क्षेत्र, घर, पसल, अफिसमा शुभ होस्, ब्यापार वृद्धि होस्, यश वर्चष्व होस् भन्नका निमित्त प्रथमतः वास्तु विशेषमा ध्यान दिनु आवश्यक रहेको वास्तुशास्त्री शुरेशचन्द्र रिजालको भनाइ छ ।

विशेषतः कार्यालयमा दर्जा, पेशाका आधारमा कर्मचारी वर्गिकरण गरिएका हुन्छन् । कर्मचारीहरुको श्रम दक्षता अनुरुप नै कार्यालय सञ्चालन हुन्छन् । कार्यालय सञ्चालन गर्नु पनि उत्तिकै कठीन छ जति ब्यबसायमा सफलता प्राप्त गर्न गाह्रो छ तर असम्भव भने पक्कै पनि छैन ।

कार्यालय सँगै घरका आन्तरिक डिजाईनमा घरका भित्ता, सिलिङ, भुई, रंगरोजन, तस्विरहरु राख्दा, छनोट गर्दा शायदै तपाँइले ख्याल राख्नुहुन्छ होला । हेर्दा आकर्षक लागेकै भरमा तपाँइ सिधै वास्तु अध्ययन नगरी आफ्नो घर या अफिस सिंगार पटार गर्नुहुन्छ ।

यस्तोमा हरेक कार्यालयको डिजाइन वास्तु अनुकुल हुनु आवस्यक हुन्छ । वास्तु अनुसारको अफिस डिजाइनबाट कार्यालयका कर्मचारी र आउने ग्राहक वा आगन्तुकमा परस्पर सकारात्मक उर्जा थपिनुका साथ साथै ब्यबसायमा समृद्धि आउने रिजालको भनाइ छ।

वास्तुको गलत प्रभाव रहेमा हामी आफैँले पनि समान्यरुपमा वास्तु अनुसार आफ्नो घर, अफिस, कारखाना वा उद्योग धन्दामा मेशीनरी सामान, फर्निचर इत्यादी उचित ठाउँमा छन कि छैनन् भनि अनुसन्धान गर्न सकिन्छ र यदी कुनै संरचनामा वास्तु दोष भए दोषमुक्त हुने उपाय समेत अवलम्वन गर्न सकिन्छ ।

अस्थायी वा स्थायीरुपमा गलत स्थानमा गरिएका निर्माण र त्यहाँ राखिएका वस्तुहरुबाट उत्पन्न हुने दोष मानव जीवनमा उत्तिकै प्रभावकारी हुन्छ । कार्यालय सञ्चालन बारे केहि वास्तु विशेष कुराहरु छन् जुन हामीले जानिराख्दा राम्रो हुनेछ । ब्रह्मांडका विभिन्न ऊर्जा– जस्तै घर्षण, विद्युत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दु लगायत वास्तु शास्त्रको परिधि भित्र नै पर्ने भएकाले मतमा यी कुराहरुलाई अवलम्बन गर्ने प्रयत्न गरौँ ।

सबैभन्दा पहिले त ढोका आयातकार आकारको हुनुपर्दछ, साथ–साथै ढोका खोल्दा र लगाउँदा ढोकाबाट आवाज नआउने हुनुपर्दछ। अफिसको (रिसेप्सन) स्वागतकक्ष आग्नेयकोण (दक्षिण–पुर्व)मा बसेर उत्तर फर्किएको हुनुपर्दछ । यसो हुनाले रिसेप्सनले बोलेका कुरा ग्राहकका निम्ति मिठासमा परिवर्तन हुन्छ ।

कार्यालयमा हाकिम कक्ष नैऋत्य (दक्षिण–पश्चिम) बस्नु पर्दछ र उत्तर–पुर्ब फर्किएको हुनुपर्दछ । र, अन्य वरिष्ठ कर्मचारी पनि उत्तर फर्किनु उत्तम मानिन्छ। अफिसमा प्रतीक्षाकक्ष उत्तर–पुर्व (इशान) अथवा उत्तर–पश्चिममा (वायव्य) उत्तम मानिन्छ। पुजा कोठा ईशान र पानीको जार पनि ईशानमै उत्तम मानिन्छ । एकाउन्टेन्ट लाई पुर्व–दक्षिण (आग्नये) वा उत्तरकोणमा राख्दा उत्तम हुन्छ ।

मार्केटिङलाइ उत्तर–पश्चिम (वायव्ये)मा राख्नाले व्यापार बढ्छ। जेनेरेटर–ट्रान्स्फ्रमर आदी आग्नेय कोणमा राख्नु शुभ मानिन्छ। चमेनागृह दक्षिण–पुर्व मै उत्तम मानिन्छ। शौचालय पश्चिम दिशामा बनाउँदा उत्तम मानिन्छ । साथसाथै अफिसको मुख्य केन्द्र खुला राख्नाले कर्मचारी सबै खुसी हुन्छन् । तर ध्यान दिनुहोस् अफिसमा कहिलेपनि ढोका पट्टी ढाड फर्काएर नबस्नुहोला।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?