वास्तु शास्त्रअनुसार घरको भित्री डिजाइन कस्तो हुनु पर्छ ?

  • By: admin
  • August 22, 2022

काठमाडौँ । हामीले विगत केही अंकहरुमा घरको वास्तुका विषयमा कुरा गर्दै आइरहेका छौँ। आज पनि घरको वास्तुका वारेमा कुरा गर्ने छौँ। वास्तु विद्लाई घरको आन्तरिक सञ्जा कस्तो हुनु पर्छ भन्ने बारे सोधेका छौँ ।

नेपालमा आन्तरिक डिजाइनको चलन चलेको धेरै भएको छैन । घर बनाएपछि आफ्नो इच्छाको आधारमा घरको सज्जा गर्ने गरेका थिए । अझै पनि कतिले आफ्नो इच्छा अनुसारको आन्तरिक डिजाइन गर्छन। आन्तरिक डिजाइन गर्नका लागि न त वास्तुको प्रयोग गरिन्छ न त व्यवसायिक आन्तरिक डिजाइनरबाट गराउँछन् ।

तर, वास्तुविद् सुरेशचन्द्र रिजाल आफ्नो इच्छा भन्दा पनि वास्तु अनुसार घरको आन्तरिक डिजाइन भयो भने घरमा सुख शान्तिको वास हुने बताउँछन् । उनी भन्छन् वास्तु शास्त्र हरेक मान्छेको जीवनशैलीसँग सम्बन्धित छ । वास्तु घरको पनि हुन्छ, जग्गाको हुन्छ, घरभित्र कोठाको हुन्छ र सूक्ष्म रुपमा कोठाभित्र सजाउने सामग्री कुन दिशामा समाउने भन्ने पनि वास्तुसँग सम्बन्धित हुन्छ ।

हिजोआज इन्टेरियर डिजाइनको क्रममा वास्तु मिलाउनु अत्यन्त चुनौतीपूर्ण हुने गर्छ । अत्यन्त कम ठाउँमा धेरैभन्दा धेरै सामग्री अटाउनु पर्ने हुन्छ । वास्तु मिलाउँदा ठाउँ खाली हुन सक्छ वा सबै सामग्री नअट्न सक्छ । वास्तु नमिलाउँदा त्यसमा स्थायित्न नहुन सक्छ । त्यसैले हिजोआज घरधनीको आवश्यकता र वास्तु मिलाएर डिजाइन गर्नु अत्यन्त चुनौतीपूर्ण काम भएको छ ।

त्यसो त वास्तु सबैले मान्ने कुरा पनि होइन । मान्नेको लागि यो सर्वस्व हो र नमान्नेको लागि केही पनि होइन । तर हामीहरु धेरैले इन्टेरियर डिजाइन गर्दा वास्तुलाई पनि प्राथमिकतामा राखेर डिजाइन गर्ने गर्छौं ।

वास्तुमा विश्वास गर्ने नगर्ने दुवैमा वास्तु मिलाएर डिजाइन गर्नुको पछि पनि केही कारणहरु छन् । हामीले बुढापाकाले भनेको आधारमा पश्चिमबाट हावा चल्ने ठाउँमा पश्चिमपट्टि ढोका नराख्ने, उत्तरतिर सिरानी नराख्ने जस्ता कुराहरु हामी अहिलेसम्म पनि पालना गर्छौं ।

किनभने जुन दिशाबाट हावा चल्छ त्यही दिशामा झ्यालढोका राख्दा निरन्तरको हावाको बेगले मान्छे बिरामी हुन सक्छ । त्यसैले सुरक्षाको लागि पनि त्यो दिशामा झ्याल ढोका राखिँदैन । यसरी हामी अहिले पनि डिजाइन गर्ने बेलामा उत्तरतिर सिरानी हुनेगरी डिजाइन गर्दैनौं ।

इन्टेरियर डिजाइन गर्दा सबैभन्दा धेरै ध्यान दिनुपर्ने विषय भनेको त्यसको उपभोग गर्नेलाई सहज र उनीहरुको जीवनशैली गुणस्तरीय हुनुपर्छ । मुख्यकुरा त्यही नै हो । त्यसबाहेक बच्चा भएको ठाउँमा धेरै स्पेस राख्ने, सुपरमार्केटको डिजाइन गर्दा सामानसँग नठोकिने खालको बनाउने जस्तो कुरालाई ध्यान दिनुपर्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?