वास्तु अनुसार सम्पूर्ण घरकाे निर्माण यस्ताे हुनु पर्छ

  • By: admin
  • October 20, 2022

काठमाडौं। हामीले निर्माण गर्दैगरेकाे घरलाई थाेरैपनि सावधानी अपनाउन सकियाे भने वास्तुशास्त्रकाे नियम अनुसार नै घर निर्माण गर्न सक्छौ । वास्तुशात्र मिलाउदा लागत बढ्नु भन्दा पनि सानातिना झन्झटिला कामहरु वास्तुशास्त्रकाे सकारात्मक उर्जाका कारण छाेटाे समयमै समाधान गर्न सकिने वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन्।

वास्तुशास्त्रले त केवल घरकाे मेनढाेका कुन दिशातर्फ फर्काउने, पानीको स्राेत या ईनार कतावनाउने, साैचालय तथा सेफ्टी टेङ्की कुन दिशातर्फ बनाउदा शुभ हुन्छ । भर्याङ्ग,बच्चाहरु पढ्ने काेठा,मिटिङ्गरुम आदि कसरी मिलाएर भन्ने मुख्यरुपमा वास्तुशासत्रले मिलाउने हाे । विशेषगरी उत्तर अथवा उत्तर पूर्वी दिशामा भुलेरपनि ट्वाईलेट र सेफ्टी टेङ्की बनाउनु हुदैन ।

तेस्तै दक्षिण पश्चिमी कुनामा पानिकाे ईनार, मेनगेट या कुनैपनि प्रकारको खाडल बनाउनु हुदैन । वास्तुका हिसाबले यी क्यानसर राेग जस्तै हाे
आजकाल हामी सबैजना आफ्नो जीवन जिउन कुनै न कुनै काममा लागिरहेका हुन्छौं । कडा भन्दा कडा मेहनत पनि गरिएका हुन्छौं । हरेक कुरामा सफलता प्राप्त गर्नका लागि काममात्र गरेर हुँदैन सफलताका लागि कहिँ न कहिँ भाग्यको पनि सहायता हुनुपर्छ । भाग्यले हामीलाई त्यो बेला मात्रै सहयोग गर्नेछ, जुनबेला हामीले गर्ने काम सहि स्थानमा बसेर गरेको हुनुपर्छ । घर, कार्यालय, होटल, पसल, बैंकलगायतका क्षेत्रमा बसेर काम गर्दा सहि दिशाको छनोट गर्न सकियो भने थोरै मात्र मेहनतले पनि धेरै परिणाम दिन सफल हुन्छ ।

यदि काम लगाउने वा गर्ने दिशा गलत भयो भने राम्रो काम हुनुभन्दा त्यसको परिणाम ठिक उल्टो हुन्छ । त्यसैले सफलता प्राप्तिका लागि भग्य, कर्म र वास्तुको बराबर रुपमा मिलेको हुनु आवश्यक छ । हामी जुन स्थानमा बसेर काम गरिरहेका हुन्छौं, त्यहाँको उर्जा कस्तो छ भनेर जाँच गर्ने सकियो भने मात्रै हाम्रो काम सफल र व्यवसाय नाफामुखि हुन्छ । सकारात्मक उर्जाले मात्रै हाम्रो कामलाई दुई गुणा बढाउने काम गर्छ, ठिक नकारात्मक उर्जाले गरेका कामहरुलाई नराम्रोसँग बिगारेको हुन्छ । आफ्नो व्यवसायलाई राम्रो गर्नका लागि मुख्यगरि सकारात्मक उर्जा भएको दिशा मिलाउन सकियो भने सजिलोसँग हामीले जीवन सञ्चालन गर्न सक्छौ । वास्तुशास्त्रकाअनुसार मानिसलाई उसले गर्ने अलग अलग पेशा अनुसार फरक फरक स्थानमा बस्दा सफलता मिल्छ ।

यदी तपाईं दिनभरि अफिसमा बसेर काम कारोवार गर्नुहुन्छ भने सबैभन्दा राम्रो ईशान कोण यानिकि उत्तर पूर्वको कोठामा सबैभन्दा राम्रो मानिन्छ । त्यसको अलावा दक्षिण पश्चिमी कोठा नैरित्य कोणलाई पनि राम्रो ऊर्जा भएको कोठा मानिन्छ । उक्त कोठामा बसेर कार्यालय सञ्चालन गर्दा मान सम्मानमा वृद्ध र उच्चस्तरीय नेतृत्वमा पुग्ने वास्तुशास्त्रको धारणा छ । व्यापारीहरुका लागि नैरित्य कोण सबैभन्दा राम्रो मानिन्छ, उक्त कोणमा बसेर काउन्टर बनाई व्यवसाय गर्नेहरु राम्रो स्थानमा पुग्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।

अफिसमा जहिले पनि मन्दिर ईशान कोण यानिकि उत्तर पूर्वको कोणमा हुनु आावश्यक छ । अफिसमा भएका प्रमाणपत्रहरुलाई पश्चिमी भित्तामा सजाउँदा तपाईंको अफिस वास्तु सम्वत हुन्छ र सोचेअनुरुप व्यवसाय सफल हुन्छ । हरेक क्षेत्रमा सफलता प्राप्तिका लागि त्यहाँको ऊर्जा, घरको रंग र सजावट आदि कुराले महत्व राख्दछ ।

प्राचीन वास्तु विज्ञानले बस्नका लागि उत्तर दक्षिण फैलिएको जग्गा अत्यन्तै शुभ मान्दछ । उत्तर दक्षिण फैलिएको जग्गामा पूर्वी भाग धेरै हुन्छ र हामीलाई पूर्वबाट आउने सूर्यको किरणले राम्रो स्वास्थ्य र तिक्ष्ण स्मरण शक्ति पूर्णरूपमा प्राप्त हुन्छ । जसको कारणले उक्त घरमा बसोवास गर्ने सम्पूर्णको मनोकामना सिद्ध हुन्छ ।

त्यस्तै व्यापार गर्नका लागि पूर्व र पश्चिम फैलिएको जग्गा अरुको तुलनामा धेरै तरिकाबाट शुभ मानिन्छ किनकि पूर्व पश्चिम फैलिएको जग्गामा उत्तर दिशा धेरै खालि हुन्छ, पूर्वबाट हेल्थलाई चाहिने उर्जा आउने हो भने उत्तरबाट धन सम्पति, मान–सम्मान राम्रो सम्बन्ध लगायतका कुराहरुको ऊर्जा प्राप्त हुने हो । कुबेरको धनको भन्डार पनि उत्तर दिशामा नै रहेकाले उत्तर धेरैभएको जग्गाले सम्पत्तिमा वृद्धि गराउँदछ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?