वास्तु अनुसार घर बनाउँने जग्गा कस्ताे हुनुपर्छ ?

  • By: admin
  • August 24, 2022

काठमाडौँ । हामीले घर र वास्तुशास्त्रका बारेमा छलफल गरिरहेका छौँ । वास्तुशास्त्री सुरेश चन्द्र रिजालसँग घरको वास्तुका बारेमा छलफल गर्ने विषयमा आज घर बनाउनु पूर्व के कस्ता विषयमा ध्यान दिनु पर्छ भन्ने बारे छलफल गर्ने छौँ।

घर एक पटक बनाएपछि फेरिफेरि बनाउँन मिल्दैन । विग्रीएको ठाउँमा सुधार गरौँ भन्न पनि मिल्दैन। पुनः फुटाए र वा भत्काएर बनाउँ भन्दा पनि महंगो पर्न जान्छ । त्यसैले घर बनाउनु पूर्व नै विभिन्न विषयमा ज्ञान हासिल गरेर काम गर्नु पर्ने हुन्छ।

वास्तुशास्त्री रिजाल घर बनाउन आवश्यक पर्ने जग्गा सबै भन्दा पहिलो ध्यान दिनु पर्ने कुरा भएको बताउँछन । जग्गाको मोहोडा कता हुने भन्ने बारेमा सकेसम्म सोच्नु पर्ने उनको भनाइ छ। उनी जग्गाको मोहोडा सबै भन्दा राम्रो पूर्व फर्केको हुनु पर्ने उनको भनाइ छ।

देव शिल्पमा मठमन्दिर, यज्ञशाला आदि निर्माण विधिबारे बताइएको छ भने मानव शिल्पमा आवासीय भवन र त्यहाँका शयन कक्षहरुको निर्माण विधिबारे बयान गरिएको वास्तुशास्त्री रिजाल बताउँछन् ।

वास्तुशास्त्रको पालना गरी बनाइएका घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुने र घरमा बस्दा उत्साह, उमंग र उल्लासको अनुभूति हुने गर्छ । बस्न योग्य स्थानलाई व्यवस्थापन गर्ने कामलाई वास्तु भनिन्छ । मानव शरीर पञ्च भौतिक तत्व पृथ्वी, जल, तेज, वायु, आकाश मिलेर बने जस्तै वायुमण्डल पनि यिनै पञ्च भौतिक तत्व मिलेर बनेको हुन्छ । मानव शरीर र वायुमण्डलका यिनै तत्वलाई एकापसमा मिलाएर वा सामीप्य गराएर वास्तु मिलाइन्छ ।

वास्तुशास्त्र अनुसार सबैभन्दा राम्रो पूर्वतिर फर्केको जग्गालाई लिइन्छ । यसपछि उत्तर फर्केको र दक्षिण–पश्चिम फर्केको जग्गा राम्रो मानिन्छ । तर पूर्वतिर भएपनि भिरालो, ओरालो जग्गा वास्तुअनुसार राम्रो मानिंदैन । जग्गा समतल स्थानमा हुनुपर्छ । जग्गा दक्षिणतर्फ ओरालो पनि हुनुहुँदैन ।

जग्गाको मोहोडा पूर्वतिर भएपछि मुलढोका पनि पूर्व नै हुन्छ । वास्तु अनुसार घरको मुलढोका पूर्वतिर हुनुपर्छ । सूर्यको किरणबाट सकारात्मक ऊर्जा आउने भएकाले मूलढोकाका लागि पूर्व दिशा उपयुक्त मानिएको हो । यसबाहेक उत्तरतिर पनि मूल ढोका राख्न सकिन्छ ।

खासगरी पहाडी र हिमाली क्षेत्रमा दक्षिणतर्फको मूलढोकालाई शुभ मानिन्छ । मूलढोका अन्य ढोकाको तुलनामा अग्लो र ठूलो हुनुपर्छ । मूलढोकामा तोरण बाँध्नुपर्छ । जसका कारण देवीदेवता खुसी तथा प्रसन्न हुन्छन् । यसो गर्दा घरको प्रतिष्ठासमेत बढ्छ । ढोका राम्रोसँग खुल्ने र आवाजसमेत नआउने हुनुपर्छ । वास्तुअनुसार आफैं खुल्ने आफैं बन्द हुने मूलढोका राम्रो मानिंदैन ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?