वास्तु अनुसार घरमा भित्ते घडी कहाँ राख्ने ?

  • By: admin
  • September 11, 2022

काठमाडौँ । घरमा राखेका हरेक सामग्रीहरुले हाम्रो दैनिक जीवनमा असर पारिरहेको हुन्छ । घरमा गरिने सजावटका सामग्रीहरु पनि सहि दिसा र ठाउँमा राख्नु आवश्यक हुन्छ ।

आज हामी घरमा राखिनै घडिका विषयमा छलफल गर्ने छौँ । वास्तुशास्त्री तथा ज्योतिष सुरेशचन्द्र रिजाल घडिको कुन दिशामा राख्ने बारेमा सुझाएका छन् ।

अधिकाशं मानिस घरमा घडी राख्दा कुन दिशामा राख्ने भन्नेबारे ध्यान दिदैनन् । धेरैले अनुकुल र मन लागेको दिशामा भित्ते घडी राख्ने गर्दछन् । जुन पायो त्यही दिशामा घडी राख्नु वास्तुअनुसार गलत हुने गर्दछ ।

वास्तुशास्त्र अनुसार गलत दिशामा घडी राख्दा शारीरिक, मानसिक वा आर्थिक हानी ब्यहोनुपर्ने हुनसक्छ । गलत दिशामा घडी राख्दा परिवारका सदस्यको प्रगतिमा बाधा उत्पन्न हुने गर्दछ । तसर्थ घरमा घडी राख्दा निम्न कुरामा ध्यान दिनु पर्दछ ।

वास्तुशास्त्र अनुसार घरको दक्षिण दिशामा घडी राख्दा घरका मुखिया सदैव बिरामी पर्ने सम्भावना हुन्छ । तसर्थ यो दिशामा घडी राख्नु हुदैन ।

वास्तु अनुसार दक्षिण दिशामा घडी राख्दा प्रगतीमा बाधा उत्पन्न हुने गर्दछ । साथै नयाँ अवसर समेत पाइदैन । यस अलावा घरमा नकारात्मक ऊर्जा समेत आउने गर्दछ ।

वास्तुशास्त्र अनुसार पुर्व वा उत्तर दिशाको भित्ता वा त्यसतर्फ मात्र घडी राख्नु उपयुक्त हुन्छ । यस दिशामा घडी राख्दा लाभ प्राप्त हुने तथा समृद्धि बढ्ने गर्दछ ।

पूर्व वा उत्तर दिशामा घडी राख्दा रोकिएका अधुरा काम समेत बन्ने संभावना हुन्छ ।

पूर्व दिशामा राख्ने घडी हल्का हरियो वा पहेलो रंगको राख्नु पर्दछ ।

वास्तुअनुसार घरमा बन्द अवस्थामा घडीलाई छाड्नु हुदैन । यसो गर्नाले जीवनमा समस्या उत्पन्न हुनसक्छ ।

वास्तुशास्त्र अनुसार घरमा टुटफुट भएको घडी पनि राख्नु हुदैन । यस्ता घडी दुर्भाग्यको सुचक मानिन्छ ।

वास्तु अनुसार घरमा पेण्डुलम घडी राख्नु राम्रो मानिन्छ । यसले घरका सदस्यहरुको काममा बढुवा हुने संभावना हुन्छ । तर यो घडी पश्चिम दिशामा राख्नु पर्दछ ।

घरमा कालो, नीलो र रातो रंगको घडी राख्नु हुदैन । यो वास्तुका हिसाबले सही मानिदैन ।

घरमा राख्ने घडी चारपाटे वा गोलो राख्नु पर्दछ । यस प्रकारको घडी शुभ मानिन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?