वास्तु अनुसार घरमा कति ढोका शुभ हुन्छ ?

  • By: admin
  • October 18, 2022

काठमाडौँ । घरमा हामीले धेरै मेहनत गरेका हुन्छौँ । हामीले जीवनभर कमाएको पैसा पनि घरमै लगाउँछौँ । कहिल्यै घर निर्माण गर्न त कहिल्यै सरको सजावटमा ।

घर निर्माण गर्दा वास्तु अनुसार बनाउँनु पर्छ । ज्योतिष शास्त्र र वास्तु शास्त्रले घर बनाउँदा, घरलाई सजाउँदा धेरै विषयमा ध्यान दिन भनेको छ । आज हामी घरमा कतिवटा ढोका हुनु राम्रो हुन्छ भन्ने विषयमा छलफल गर्ने छौँ ।

वास्तुशास्त्रका अनुसार घरमा ढोकाहरुको संख्या जोडी हुनुपर्छ । जस्तै २, ४, ६, ८ तर, शून्य हुने गरी घरको ढोका राख्न हुँदैन । जस्तै, १० वटा ढोका भने शुभ हुँदैन, किनभने यसको अन्त्य शून्य (०) मा हुन्छ ।

घरमा १० वटा ढोका भएको अवस्थामा घर मालिकमािथ कुनै ठूलो गम्भीर असर नपारे पनि यस संख्याबाट बच्नु राम्रो हुन्छ । झ्याल र भेन्टीलेसनको संख्या पनि सम हुनुपर्छ । ढोका र झ्यालहरु भित्तासँग मिलेको हुनु हुँदैन ।

तिनीहरु एक अर्काबाट ३ देखि ४ इन्च टाढा हुनुपर्छ । कोठाको ढोका तथा झ्यालहरु एक अर्काको विपरित दिशामा हुनुपर्छ र तिनीहरुलाई उचित स्थानमा बनाउनु पर्छ । आमुन्ने सामुन्ने बनेका ढोका र झ्यालहरुको चौडाई समान हुनुपर्छ ।

एउटा घरमा बीम र पिलरहरु पनि सम संख्यामा हुनुपर्छ । उत्तरपूर्वी कुनाको पिलर गोलाकार, ष्डा्भुजाकार, अष्टभुजाकार वा बहुभुजाकार जस्तो हुनु हुँदैन । वास्तुशिल्पको उद्देश्यले पिलरहरुलाई खुल्ला राखिएको भए पनि तिनीहरुको संख्या ‘विषम’ नभएर ‘सम’ नै हुनुपर्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?