वास्तु अनुसार कुन दिशामा कुन विरूवा राेप्ने

  • By: admin
  • September 9, 2022

काठमाडौँ । आफ्नो घरको वरिपरी कस्तो खालको बगैँचा बनाउँने, कस्ता रुखहरु रोप्ने वास्तुले के निर्देशित गर्त भन्ने विषयमा हामीलाई जानकारी होला । कसैले दुबो रोप्छौँ, कतिले फूल रोप्छौँ, कतिले अन्य केही विरुवा रोप्ने गरेका छौँ।

वास्त्रुशास्त्री सुरेशचन्द्र रिजाल हामीले रोपेको विरुवाहरु वास्तु अनुसार रोपेको खण्डमा घरमा सुख शान्ती, धन पैसाको आम्दानी, परिवारको स्वास्थ्य पनि राम्रो हुने बताउँछन् । रिजाल हामी आसपासका खराब शक्तिबाट बच्ने उपायबारे वास्तुशास्त्रमा सुझाइएको बताउँछन् र ति खरब शक्तिहरुलाई हामीले रोपेको विरुवाहरुले पनि असर गर्ने बताउँछन् ।

वास्तुमा जीवनमा ऊर्जाको संञ्चार भर्ने, दिशाका बारेमा अध्ययन गर्ने र घर, भवन, मन्दिर कस्तो बनाउनु पर्ने त्यसबारे जानकारी दिइएको हुन्छ । यति मात्र होइन, वास्तुले घरमा कुन चीज कुन दिशामा हुनु पर्दछ त्यसबारेसमेत जानकारी हुने उनले बताए ।

हामीले घर आसपासमा रोप्ने फूल, बिरुवाहरु सही दिशामा रोपिएन भने यसले वास्तु दोष उत्पन्न गराउँने शास्त्रमा उल्लेख गरिएको रिजाल बताउँछन् । यतिमात्र होइन गलत दिशामा भएका फूल र अन्य बिरुवाले नकारात्मक ऊर्जा समेत बढाउँछ । त्यसैले घरमा फूल, बिरुवा रोप्दा वास्तु अनुसार हुनु पर्ने उनको भनाइ छ।

वास्तुमा उत्तर दिशालाई बुध ग्रहको दिशा मानिन्छ । यो दिशा खुल्ला र हावायुत्त हुनु पर्दछ । यस दिशामा हरियाली हुनु पर्दछ । उत्तर दिशा कुबेरको समेत स्थान मानिन्छ । त्यसैले यस दिशामा तुलसी, केराको बोट, सयपत्री फूलको बिरुवा रोप्नु पर्दछ । यसो गरेमा घरमा चर्म रोग नभित्रने धार्मीक मान्यता छ ।

वास्तु अनुसार पूर्व दिशा सूर्य ग्रहको हुने गर्दछ । यस दिशामा हरियो घाँस, दुबो रोप्नु पर्दछ । यस्तो गरेमा घरमा सूर्य देवको कृपा प्राप्त भई आत्मसम्मान, यश र आरोग्य जीवन प्राप्त हुने धार्मीक विश्वास छ ।

वास्तु अनुसार दक्षिण मंगलको दिशा हो । यस दिशामा रातो फूलका बिरुवा रोप्नु अत्यन्त शुभ मानिन्छ । यसो गर्दा घरमा कुनै पनि प्रकारको बाधा उत्फन्न नहुने र रक्त सम्बन्धी रोगबाट समेत मुत्ति पाइने धार्मीक विश्वास छ ।

घरको पश्चिम दिशा चन्द्रमाको दिशा मानिन्छ । यस दिशामा चमेली, इन्द्रकमल फूल, एलोवेराको बिरुवा रोप्नु पर्दछ । यसले घरको वातावरण शुद्ध गर्नुको साथै घरमा मानसिक विकार उत्पन्न हुन नदिने धार्मीक मान्यता छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?