वास्तुअनुसारको घर कस्तो हुन्छ ?

  • By: admin
  • August 31, 2022

काठमाडौँ । वास्तु अनुसार बनेको घरमा ५ तत्व मिलेको हुन्छ । जसरी एक मानव शरीरका लागि पृथ्वी, जल, तेज, वायु, आकाश तत्वको आवश्यक्ता पर्छ त्यसै एउटा घरका लागि पनि यि तत्वहरुको व्यवस्थापन आवश्यक्ता पर्ने ज्योतिष तथा वास्तुशास्त्री सुरेशचन्द्र रिजाल बताउँछन् ।

जीवनभर दुःख गरेको पैसाले घर बनाउने गछौँ । बुढेसकालमा शान्ति प्राप्तिका लागि हामीले बनाएको घरले ठूलो महत्व राख्छ । सन्तान, उनीहरुको सुख, समृद्धिका लागि हामीले गरेको मेहनतलाई वास्तु अनुसार बनाएको घरले पनि सहयोग गर्छ । हामीले जतिसुकै मेहनत गरे पनि वास्तु अनुसारको घर बनाएका छैनौँ भने चाहेजस्तो परिवार नहुन सक्छ ।

जसरी पाँच तत्वले शरिर बनेको छ, त्यसरी पाँच तत्वले सराचल जगत बनेको छ । यि पाँच तत्वको सन्तुलन मिलाएर प्रकृतिसँग मेलमिलाप गरेर बस्नु नै वास्तुशास्त्र हो । वास्तुशास्त्रमा पूर्व–दक्षीण कुनालाई आग्नेय कोण भनिन्छ । त्यो अग्नीको ठाउँ हो । तेजतत्व भित्र पर्ने अग्नीसँग जोडिएको भान्छाकोठा, ग्याँस, चुलो र इलेक्ट्रिक डिभाइस लगायत जतिपनि सामाग्री हुन्छन् त्यसको व्यवस्थापन गर्नुपर्छ । घरमा पूर्व फर्किएर पकाउने गरि भान्छाको व्यवस्था गर्नु पर्ने ज्योतिष रिजाल बताउँछन् ।

दक्षिण–पश्चिम कुनालाई नैरित्य कोण भनिन्छ । यसलाई पृथ्वी तत्व मानिन्छ । त्यो ठाउँमा शयनकक्ष र घरमुलीको सुत्ने कोठा बनाउनुपर्छ । साथै, भारी समानहरु राख्ने स्टोरेज पनि बनाउन पर्छ । यो कुनामा घाम लाग्ने भएकोले शयनकक्ष बनाउँदा उत्तम हुने उनको भनाइ छ।

उत्तर–पश्चिम कुनालाई वायु कोण भनिन्छ । वायु कोणमा वायुको प्रवाह हुन्छ । वायु कोणमा विशेष गरेर अतिथिहरुको शयन कक्षका लागि प्रयोग गरिन्छ । यो कुनामा झ्याल ढोका राख्यो भने त्यस घरमा प्राणिक उर्जा सञ्चालन हुन्छ ।

उत्तर–पूर्वलाई ईशान कोण भनिन्छ । ईशान भनेको जलको तत्व हो । जहाँ पानीको स्रोत भन्डारण गर्न सकिन्छ । यो कुनामा इनार, पानीको ट्यांकी, अन्डरग्राउन्ड ट्यांकी, धाराल गायत तरल पदार्थ राख्नु पर्छ । यो देवता बस्ने कोण पनि मानिन्छ । यही कोणमा पुजा कोठा बनाउन सकिन्छ ।

बच्चाहरुले पढ्ने कोठा उत्तर–पूर्वमा बनाउन सकिन्छ । अक्सर पढ्दाखेरि पूर्व फर्किएर पढ्नुपर्छ । सुत्ने बेलामा पूर्वतिर सिरान बनाएर सुत्नुपर्छ । पूर्वतिर सिरान बनाएर सुत्यो भने विद्या प्राप्ती हुन्छ । लाइब्रेरी उत्तर–पूर्व दिशा पारेरै बनाउन पर्छ । छोराछोरीको सुत्ने कोठा पूर्व वा उत्तर दिशातर्फ बनाइदिन सकिन्छ ।

बिचको खाली ठाउँ आकाश हो । त्यो ठाउँ खुला राख्न सकिन्छ । यदि घर बनिसकेको छ र वास्तु मिलेको छैन भने त्यहाँ विभिन्न प्रकारका मांगलिक चिन्हको प्रयोग गर्न सकिन्छ । विशेषगरि, अक्युरियम राखेर, कछुवा पालेर, स्वस्तिक राखेर विभिन्न कोणबाट वास्तुको निवारण गन सकिने रिजाल बताउँछन् ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?