बालबच्चाको शिक्षाका लागि घरको वास्तु कस्तो ?

  • By: admin
  • September 6, 2022

काठमाडौँ । धरैको रहर हुन्छ आफ्नो वालबच्चाले राम्रो अध्ययन गरोस् । जीवनभरी अभिभावकले दुःख गरेर छोराछोरी पढाउन लाग्छन् । तर, सबैको छोराछोरी सफल हुँदैनन् किन ?

वास्तुशास्त्री तथा ज्योतिष सुरेशचन्द्र रिजाल सकारात्मक उर्जा भएको स्थानमा बसेर पढाउन सकियो भने सुन्दर, प्रिय र सुमधुर सम्बन्धबाट पढाइ अगाडी लैजान सहयोग पुग्ने बताउँछन् ।

नकारात्मक उर्जाले भरिएको स्थानमा हामीले बच्चाको अध्ययन कोठा बनाएको रहेछौं भने जतिसुकै मेहनत गरेतापनि अन्तिममा रिजल्ट भने ठिक विपरीत आइरहेको हुन्छ । यसरी मेहनत गर्दागर्दै पनि सोचेअनुसारको रिजल्ट नआउनुमा कर्म भन्दा पनि भाग्यकै खेल धेरै हुने उनको भनाइ छ।

हामीले आम्दानीको सबैभन्दा धेरै रकम शिक्षामा लगाई रहेका हुन्छौं । जस मध्ये कसैको सही तरिकाबाट लगानी गरेअनुसार सकारात्मक परिणाम आएको छ भने कसैको सोचेअनुसारको परिणाम आउन सकिरहेको हुदैन ।

वास्तुशास्त्री रिजाल पढाइलाई सफल बनाउनका लागि वास्तु शास्त्रको ५ प्रभावकारी उपाय अपनाउन सुझाव दिन्छन् ।

१) राम्रो पढाइ तथा तिव्र स्मरण शक्ति प्राप्त गर्नका लागि जहिले पनि घरको पूर्व उत्तर अर्थात ईशान कोणमा भएको कोठामा पूर्व या उत्तर मुख गरि फर्किएर लेख्ने तथा पढ्ने बानि बसालेमा थोरौ मेहनत गरे पनि धेरै परिणाम प्राप्त गर्न सकिन्छ ।

२) कहिले पनि अध्ययन गर्ने मानिस नैरित्य दिशामा ( दक्षिण पश्चिम ) भएको कोठामा बसेर पढ्न हुदैन । नैरित्यको कोठा अन्य कुराको लागि राम्रो मानिएता पनि अध्ययनका लागि नराम्रो मानिन्छ । आरामदायी उर्जा धेरै भएकाले मानिस अल्छी तथा धेरै सुबिधा भोगि हुने हुदा पढाइ कमजोर हुने उल्लेख गरिएको छ । वास्तुका हिसाबले उक्त कोठाबाट ० प्रतिशत नतिजा आउने बताईएको छ ।

३) पढ्ने कोठामा किताब कापी जताततै राखेर बढ्ने बानिले पनि लामो समयसम्म बसेर पढ्न मन लाग्दैन । त्यसरी किताब कापी पढ्ने स्थानमा छरेर राख्दा पनि पढ्नका लागि चाहिने उर्जा राम्रो नहुने हुदा यो विषयमा पनि विशेष सावधानी अपनाउनु पर्ने वास्तु शास्त्रीले आग्रह गरेका छन् । सकेसम्म मयुरको प्वाँख पढ्ने कोठामा राखेमा शुभ मानिन्छ ।

४) जहिले पनि पढ्ने बेलामा ढोकाको सिधा अगाडि फर्केर पढ्न तथा लेख्नु हुदैन यसरी पढ्न बसेमा पढाइमा ध्यान नहुने र सकारात्मक उर्जापनि खेर जानेभएकाले यसरी पनि पढ्न नहुने उल्लख गरिएको छ । पढ्ने पुस्तकलाई सधैंभरि सफा तथा केरमेट पनि गर्नु हुदैन । यस्तो गरेमा सरस्वतीको कृपा प्राप्त नहुने उल्लेख गरिएको छ ।

५) यदी तपाईंको पढ्ने कोठाबाट उत्तर दिशातर्फ ट्वाइलेट पर्छ भने यस्तो कोठामा बसेर पढ्ने मानिस हरुलाई मानसिक समस्या तथा डिप्रेसनको लक्षण देखापर्ने हुदा यो विषयमा पनि विशेष ध्यान दिनुपर्ने बताईएको छ । यस्तो प्रकारको कोठाबाट अनावश्यक धेरैपैसा खर्चहुने उल्लेख गरिएको छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?