दाम्पत्य सुखका लागि सुत्ने कोठाको वास्तु कस्तो हुनु पर्छ ?

  • By: admin
  • August 25, 2022

काठमाडौँ । हरेकको चाहाना हुन्छ आफ्नो वैवाहिक जीवन सुखमय बनोस् । आफ्नो श्रीमान/श्रीमती खुसी भइरहुन्। धन, पैसा, घर, गाडी, गरगहनाले मात्र पनि वैवाहिक जीवन सुखी र खुसी हुँदैन् । वास्तुशास्त्रले वैवाहिक जोडी सुत्ने कक्षको वास्तु नमिलेका कारण पनि वैवाहिक जीवनमा दरारता उत्पन्न हुने बताउँछ ।

वास्तुशास्त्री ज्योतिष सुरेशचन्द्र रिजाल शयनकक्षले वैवाहिक जीवनमा ठूलो भूमिका खेल्ने बताउँछन्। उनी वैवाहिक जोडी सुत्ने कोठमा हावा बहने, कुराकानी बाहिर नजाने खालको बनाउनु पर्नेमा जोड दिन्छन् । यतिमात्र नभएर हामीले जोडीको लागि शयन कक्ष बनाउँदा केही कुरामा ध्यान दिनु पर्ने हुन्छ।

सुत्ने कोठामा हरेक जोडीले आफनो हसिलो तस्वीर राखेका हुन्छन् । वास्तुशास्त्री रिजाल भन्छन् त्यो फोहो खुट्टातिर हुनु हुँदैन । वैवाहिक जोडिले गर्ने रोमान्स र त्यसको गोपनीयता कायम राख्नको लागि ध्यान दिनु पर्ने अर्को महत्वपूर्ण कुरा हो ।

मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यको लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा रहेको रिजालको भनाइ छ। शयनकक्षमा हल्का गुलाबी रंगको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता रहेको उनको भनाइ छ।

रिजालका अनुसार पत्नी श्रीमानको देब्रेपट्टि सुत्नु राम्रो हुन्छ । आफ्नो टाउको दक्षिण वा पूर्व दिशामा पारेर सुत्नुहोस्, ताकि पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार तपाईं लामो र गहिरो निद्रा पाउन सक्नुहुनेछ । आरामदायी र पूर्ण निद्राले विवाहित जीवनलाई अझ रमाइलो बनाउँछ ।

आफ्नो तस्वीर पर्ने गरी कोठामा कुनै पनि ऐन राख्नु हुँदैन। बेडरूममा मन्द प्रकाशको व्यवस्था गर्नुपर्छ । तर प्रकाश सिधा ओछ्यानमा पार्नु हुँदैन ।ओछ्यानमा मयुरको प्वाँख राख्नुहोस् ।

वास्तुशास्त्र अनुसार सुत्ने कोठामा पूजा स्थल बनाउनु वा देवीदेवताहरूको चित्र राख्नु ठीक हुँदैन । राख्नै चाहनुहुन्छ भने राधा–कृष्णकोतस्वीर बेडरूमको शिरपट्टिको भागमा राख्न सक्नुहुन्छ । तामा र पितलको सिक्का रातो कपडाको झोलामा पर्ने रिजालको भनाइ छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?