घर निर्माण गर्दा कुन महिना रोज्दा ठिक हुन्छ ?

  • By: admin
  • August 30, 2022

काठमाडौँ । दुई तीन पुस्ता पहिलाका व्यक्तिहरुले घर बनाउँदा धेरै कुरामा ध्यान दिन्थे । अहिलेको पुस्ताले त्यस्ता केही कुरामा पनि ध्यान दिएको पाइदैन् । घर बनाउन पैसा भएपछि पुग्ने अहिलेको पुस्ताका लागि ज्योतिष तथा वास्तुसास्त्री सुरेशचन्द्र रिजाल शास्त्रका बारेमा पनि ध्यान दिन सुझाव दिन्छन् ।

जीवनभरी गरिने मेहनतको उपलब्धि हो घर । बुढेशकालमा आत्मसन्तुष्टिका साथ बस्ने वासस्थान हो । हामी आफूले जीवन भरी गरेको दुःखलाई विश्राम दिनका लागि घर बनाउने गर्छौँ । त्यही घर पनि शास्त्र अनुसार भएन भने सुख नभई दुःख धेरै हुने रिजालको भनाइ छ।

रिजालका अनुसार वैदिक बिधिअनुसार गृह निर्माण गर्दादेखि नै विभिन्न साईत जुराउनुपर्ने नियम रहिआएको छ । गृह निर्माण गर्ने मुख्य घरधनिको सूर्य, बृहस्पति तथा चन्द्रमा बलियो भएको समय पारी आइतबार र मंगलबार नपारेर चर लग्न र चरांशक तथा ४, ९ र १४ तिथि छल्ने गरी शुभारम्भ गरेर निर्माण गरिएको भवनमा बसोबास गर्दामात्र शुभलाभ हुन्छ ।

शास्त्रले मानव जीवनका हरेक क्रियाकलापलाई ग्रह, नक्षत्र, लगायतसँग जोडेर हेर्ने गर्छ । विहे गर्दा, गृहप्रवेश गर्दा, गृहनिर्माण गर्दा, अझै घरबाट बाहिर जान र भित्र पस्न समेत साइत हेर्ने चलन हुन्छ। हामीले सबै मुभमेन्टलाई शास्त्रले भने अनुसारको गर्न सक्यौँ भने जीवन सुखमय हुने रिजाल बनाउँछन् ।

उनी पुस, फागुन, बैशाख, साउन, कार्तिक र मंसिर महिनामा गृह निर्माण कार्य गर्नुपर्ने नियम शास्त्रमा उल्लेख गरिएको बताउँछन् । शास्त्रीय नियमअनुसार मुहुर्त हेरेर निर्माण गरिएको भवनमा गृह प्रवेशका लागि पनि शुभ मुहुर्त हेर्नुपर्ने नियम रहेको उनको भनाइ छ। यसरी नियम अनुसार निर्माण भई बसोबास गरिएको भवनबाट मात्रै सुख, शान्ति तथा सम्पूर्ण सुखभोग गर्ने सकिने शास्त्रीय नियम भएको रिजाल बताउँछन् ।

‘ठूला तथा व्यवसायिक हाउजिङ कम्पनीहरुले शास्त्रीय नियम पालना नगरी बनाएका घरमा बस्दा विभिन्न समस्या भोग्नुपर्ने वास्तशास्त्रमा उल्लेख छ’, रिजालले भने ।

वास्तुशास्त्रको नियमअनुसार कस्तो प्रकारको भूमिमा बस्दा कस्तो फल प्राप्त हुन्छ भनेर प्रष्ट रुपमा उल्लेख गरिएको छ । उत्तर र दक्षितर्फ लामो परेको जग्गामा बनाइएको घरमा बसोबास गर्न अत्यन्तै शुभ रहन्छ । किनभने, पूर्वबाट आउने सूर्यको सकारात्मक किरणका कारणले गर्दा उक्त भवनमा बसोबास गर्दा हरेक प्रकारका कार्यसिद्धीका साथै रोगले पनि आक्रमण गर्न नसक्ने उनको भनाइ छ।

त्यस्तै, पूर्व पश्चिम फैलिएको जग्गामा बसोबास गर्दा व्यापारमा छिट्टै उन्नति हुने र लक्ष्मीको सदैब बास रहन्छ । पूर्व पश्चिम फैलिएको जग्गामा बसोबास गर्दा उत्तरी भाग धेरै हुने भएकाले धनका देवता कुवेरको पूर्ण दृष्टी पर्ने भएकाले शुभ मानिएको हो ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?