घरको भान्छाकोठा सम्बन्धी जान्नु पर्ने कुरा ?

  • By: admin
  • September 3, 2022

काठमाडौँ । वास्तुसाश्त्र अनुसार घरको बाहिरी र भित्रि डिजाइन गर्दा मानव जीवनमा कति राम्रो हुन्छ भन्ने विषयमा कुरागरिरहेका छौँ । हामी जानी नजानी वास्तुको विपरित गएका हुन्छौँ र त्यसले गर्दा कहिलै पनि प्रगति पथमा हिड्दैनौँ ।

वास्तुशास्त्री सुरेशचन्द्र रिजाल घर भित्रको वास्तुमा भान्छाकोठालाई विशेष गरी व्यवस्थापन गर्नु पर्ने बताउँछन् । हामीले खाने खाना वास्तुअनुसार पाकेन भने शरिरमा विभिन्न विकारहरु जन्म हुने उनको भनाइ छ।

भान्छामा गरिने कार्यमध्ये अग्नी सम्बन्धी काम प्रमुख भएकाले घरको आग्नेय कोणमा यसको स्थापना हुन जरुरी हुन्छ । आग्नेय कोण भएको दक्षिण–पूर्वको भाग हो । रिजालका अनुसार भान्छाघर आग्नेय कोणमा बनाउन सम्भवन नभएमा पूर्व अथवा पश्चिममा पनि बनाउन सकिन्छ । सम्भव भएसम्म पूर्व र पश्चिमलाई विकल्पका रुपमा लिई आग्नेय कोणलाई प्राथमिकता दिनु नै उचित हुने उनी बताउँछन् ।

रिजालका अनुसार खाना खाँदा रिसाएर, प्रतिशोधको भावना राखेर, पकाउने मान्छेसँग रिसाउँदै कहिल्यै पनि भोजन गर्न हुँदैन । पकाउने मान्छेलाई धन्यवाद दिँदै र अन्य देवता अन्न दिने धर्ती मातालाई धन्यवाद दिँदै अन्नको प्रशंसा गर्दै भोजन गर्यो भने सुस्वास्थ्य र दीर्घायु प्राप्त हुन्छ ।

एउटै दिशामा एउटै थालमा निरन्तर खानाले कार्यसिद्धि र सफलता प्राप्त हुन्छ । तामा, सीसा, आल्मुनियमको थालमा काहिल्यै पनि भोजन गर्न हुँदैन । पानी तामाको भाडामा राखेर खायो भने सुस्वास्थ्य प्राप्त हुन्छ । गाग्री, खड्कुलोलगायत तामाका भाडाहरुमा अनाज, तेल, घ्यू, मह कहिल्यै राख्न हुँदैन ।

भान्छा कोठामा खाना खाने व्यवस्था गरिन्छ भने खाना खाँदा पश्चिम र पूर्व–उत्तर फर्केर खान सकिन्छ । दक्षिण फर्केर भने खान हुँदैन । उभिएर कहिल्यै खान हुँदैन । उभिएर खाने मान्छेलाई नशा र प्रेसर, पेट तथा मधुमेह लगायत रोगहरु लाग्न सक्छ ।

भान्छाकोठामा सडेगलेका सामानहरु राख्नु हुँदैन । फलफूल, सागसब्जी, अन्न सडेमा तत्कालै व्यवस्थित ठाउँमा बिसर्जन गर्नुपर्छ । जुठा भाँडाहरु कहिल्यै पनि भन्छामा राती राख्न हुँदैन । विशेष गरेर तरल पदार्थ, दूध, घ्यू, तेल, पानी र चामल, दाल, नुन, मसला, खाना जहिले पनि छोपेर राख्नुपर्छ ।

भान्छा कोठा भित्र पनि हामीले वास्तु मिलाएर सामान राख्नु पर्ने हुन्छ । जस्तै गह्रौं खालका सामानहरु राख्दा कोठाको दक्षिणतर्फको भागलाई प्रयोग गर्दा उत्तम हुन्छ । यसका साथै किचनमा राखिएका ग्याँस, चुल्हो, बर्नर आादि मुख्य प्रवेशद्धारबाट देखिनु हुँदैन ।

यसको विकल्पमा दक्षिण–पश्चिमको कुना (नैऋत्य) कोणमा पनि भान्छा बनाउन सकिन्छ । त्यहाँ पनि पूर्वतिर फर्केर खाना पकाउनु पर्छ । पानीको स्रोत भने भान्छा कोठाको उत्तर–पूर्व कुनामा हुनु पर्ने रिजाल बताउँछन् ।

उनका अनुसार फ्रिज, भारी समानहरु (पकाउने भाँडाकुँडा, र्याकहरु) जहिले पनि पश्चिमबाट पर्व फर्केर राख्नुपर्छ ।सागसब्जी, अनाज, मरमसला, तेल, घ्यू लगायत सामाग्रीहरु पश्चिपपट्टि राख्नुपर्छ र फिल्टर, तामाको भाडाकुँडा, काँसको भाडाकुँडा उत्तरपट्टि राख्नुपर्छ ।

सधै पूर्व फर्केर भोजन गर्नु पर्ने रिजालको भनाइ छ । खाएको थालमा कहिल्यै हात धुने, कुल्ला गर्ने गर्न हुँदैन । जसले त्यसो गर्छ, त्यसको भएको सम्पत्ति नाश भएर जाने शास्त्रमा उल्लेख भएको उनी बताउँछन्। गरगहना लगायत बहुमूल्य सामानहरु भान्छाकोठामा राख्न हुँदैन ।

 

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?