घरको अगाडि कस्तो खालको रुख रोप्ने ?

  • By: admin
  • September 8, 2022

काठमाडौँ । हामी हाम्रो घरको अगाडी बगैँचा होस् भन्ने चाहान्छौँ । सबैलाई बगैँचा मन पर्छ । अहिलेको चलन त थुप्रै खालका काँटा भएका बुट्यानहरु घरको अगाडि सजाउने छ । तर, वास्तुशास्त्री सुरेशचन्द्र रिजाल घरको अगाडि रोप्ने रुखहरु पनि वास्तुअनुसार मिल्ने हुनु पर्ने बताउँछन् ।

हिजोआज शहरी क्षेत्रमा हरियाली वृद्धि तथा शहरी सौन्र्दयता वृद्धिका लागि रुख रोप्ने प्रचलन बढ्दै गएको छ । यसमा पनि पछिल्लो समय घरको वरिपरि तथा बगैंचा र कौसीमा समेत रुख रोप्ने प्रचलन बढ्दै गएको छ ।

आफ्नो इच्छा पनि पुरा हुने र वास्तुदोष पनि नलाग्नका लागि कस्ता खालका रुखहरु घरको वरिपरि हुनु पर्छ त ? वास्तुशास्त्री रिजालका केही तर्क यहाँ प्रस्तुत छन् ।

१.बरको रुख

पूर्वमा, पीपल पश्चिममा, उत्तरमा पैयुँ एंव दक्षिणमा समीको रुख लगाउनु शुभ मानिन्छ । यदि यि रुखहरु विपरित दिशामा लगाएमा अशुभ फल प्राप्त हुन्छ । घरको नजीक काँडादार रुखहरु लगाउनाले शत्रुभय उत्पन्न हुने तथा दुध आउने रुख लगाउँदा धनको नाश हुने सम्भावना रहन्छ ।

२) नीम

समान्यतया मानिसहरु घरमा नीमको रुख लगउन रुचि राख्दैनन । तर, घरमा नीमको रुख हुनु निकै शुभ मानिन्छ । सकारात्मक उर्जा को साथ धेरै प्रकारले कल्याणकारी हुने समेत मानिन्छ ।

३. तुलसी

हिन्दु धर्ममा तुलसीको निकै ठूलो महत्व छ । तुलसीको रुखलाई एक प्रकारले विष्णुको रुपसमेत मानिन्छ । यदि घरा कुनै प्रकारो नकारात्मक उर्जा रहेको छ भने तुलसीले त्यसलाई नष्ट गर्ने मान्यता छ । तर, तुलसीको रुख घरको दक्षिण भागमा लगाउनु हानिकारक मानिन्छ । जसले शुभ भन्दा शुभ लाभ दिन्छ ।

४.अमला

घरमे अमलो रुख लगाउनु लाभदायक मानिन्छ । त्यसमा पनि पूर्व र उत्तर दिशामा लगाएमा अत्यन्तै लाभदायक हुने मानिन्छ । अमलाको रुखले दुखकष्ट नाश गर्ने मानिन्छ ।

५.केराः

केराको वृक्ष धार्मिक कारणले समेत निकै महत्वपूर्ण मानिन्छ । विहिवार हुने पूजापाठमा सम्भव भएसम्म केराको पात नै उपयोग गरिन्छ । केराको वृक्ष इसान कोणमा लगाउनु लाभदायक हुन्छ । केराको रुखको छायाँमा बसेर पढ्दा पढेको कुरा छिटो–छिटो याद हुने मान्यता छ ।

६. बाँस – बाँसको रुख घरमा लगाउनु पनि लाभदायक मानिन्छ । बाँसको रुख लगाउनाले तपाईलाई समृद्धि र सफलताको उचाईतिर बढ्ने क्षमता बढाउँछ ।

७. आँप – धेरैजसो घरमा आँपको रुख लगाएको देखिन्छ । मानिसहरु शौख सहति विभिन्न प्रकारका आँपका रुखहरु घरमा लागउँछन । तर, धेरैलाई यो थाहा छैन कि आँपको रुख घरमा लगाउँद त्यसले विभिन्न प्रकारका हानि पुर्याउँछ । वास्तवमा घरकोनजिक आँपको रुख लगाउँदा केटाकेटीहरुमा नराम्रो असर पार्ने मानिन्छ ।

८. नरिवल –जसको घरमा नरिवलको रुख हुन्छ । उसको मान सम्मानमा निकै वृद्धि हुने मानिन्छ । घरमा रुख हुनुलाई हिजोआज निकै सम्मानको दृष्टिले पनि हेरिने हुनाले पछिल्लो समयमा रुख रोप्ने प्रचलन बढ्दै गएको छ । सौखको रुपमा रुख रोप्ने प्रचलन पनि बढेको छ । तर, सौखको रुपमै भएपनि आँपजस्ता हानि पुर्याउने वृक्षहरु घरमा नरोपेर नरिवल, नीम, तुलसी, अशोकजस्ता लाभदायक रुखहरु घरमा लगाउन सकिन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?