घरका कोठाहरुको वास्तु कस्तो हुनु पर्छ ?

  • By: admin
  • August 23, 2022

काठमाडौँ । घरको वास्तुको विषयमा कुरा गरिरहेका छौँ । हामीले घर बनाउँदा र घर भित्रको डिजाइन गर्दा वास्तुको ख्याल गर्नु पर्ने हुन्छ। यदि हामीले वास्तुको ख्याल गरेनौ भने अनेकौँ समस्याको समाधान गर्नु पर्ने वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन्।

रिजालका अनुसार घर हरेक दिशामा रहेका कोठाहरुको अलग अलग महत्व हुन्छ । वास्तु अनुसार कोठाको प्रयोग र सामग्रीहरुको भण्डारण भएन भने हामीले चाहेजस्तो जीवन विताउन सक्दैनौँ । हामीले घर बनाउँदा नै वास्तुलाई ख्याल गर्नु पर्छ । तर, बनाएको घरमा बस्न थाल्यौँ भने पनि हामीले कोठाहरुको वास्तु मिलाउनु पर्ने रिजालको भनाइ छ।

सामान्यतया वास्तुशास्त्रलाई शास्त्रीय महत्वले मात्रै हेरेर व्यावहारिक जीवनमा यसको कुनै महत्व छैन भन्नेहरु पनि भेटिन्छन् । तर यसलाई गहिरिएर हेर्ने हो भने यो परम्परागत व्यावहारिक ज्ञानले युक्त विधा हो । यसले पृथ्वीको चाल र मान्छेको शरीरमा उत्पन्न हुने ऊर्जाको आधारमा विश्लेषण गर्छ ।

रिजालका अनुसार सामान्यतः दक्षिण पूर्वको भागलाई भान्छा कोठा बनाउनु पर्छ भने घरको दक्षिण पश्चिममा घरमुली बस्नु पर्ने हुन्छ। कुनै पनि घरमा फर्निचर राख्दा वास्तु विज्ञानले दक्षिण–पश्चिम दिशापट्टि राख्न सुझाव दिन्छ । पूर्व र उत्तरबाट जहिले पनि ऊर्जा आउने गर्छ । बाहिरबाट आएको ऊर्जा पूर्व र उत्तरको कोठामा ठोकिने गर्छ । उक्त ऊर्जा दक्षिण–पश्चिममा जम्मा भएर पुरै घरमा प्रबाह हुने वास्तुशास्त्री रिजाल बताउँछन्।

त्यस्तै, पूर्वोत्तरबाट आएको ऊर्जा दक्षिण पश्चिममा पुगेर भण्डारण हुने भएकाले सो दिशामा भण्डार एवं दराज जस्ता संरचना राख्न वास्तुशास्त्रले सुझाव दिन्छ । कोठा–कोठाको वास्तु हेर्दा पूर्वोत्तरमा दराज राख्दा त्यसले ऊर्जालाई अवरोध गर्छ भन्ने मान्यता राखिन्छ । हरेक कोठामा पलङ राख्दा दक्षिण–पश्चिमतिर राख्ने गरिन्छ । त्यसको सम्मुखमा हल्का सामग्री राखिन्छ ।

सुत्नका लागि बनाइएको बेडरुमको अवस्था र सिरानीमा पनि ध्यान दिनु पर्ने रिजाल बताउँछन् । उनका अनुसार सामान्यतया उत्तरपट्टि सिरानी गरेर सुत्नु हुँदैन । वास्तुले विद्यार्थीलाई पूर्वतिर र विवाहिताहरुलाई दक्षिणतर्फ सिरानी बनाएर सुत्न सुझाव दिने गरेको उनको भनाइ छ ।

पूर्वदिशालाई ज्ञानवृद्धिको दिशा मानिन्छ । दक्षिणतर्फ भयो भने जिम्मेवारी बोध गराउने ऊर्जा मिल्छ । यदि कोठा सानो भएर दक्षिणतर्फ सिरानी राख्नै नमिल्ने अवस्था छ भने पूर्वपट्टि नै सिरानी राख्दा सबैको लागि उचित हुन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?