कुन राशी भएकाले कस्तो रंग लगाउने ?

  • By: admin
  • September 2, 2022

काठमाडौँ । वास्तु विज्ञान हो । हामीले वास्तु अनुसारको आफ्नो जीवन बनाउन नसकेका कारण धेरै दुःख पाइरहेका हुन्छौँ । विशेषगरी हामी बस्ने घर, का मगर्ने अफिस्, आफ्नो व्यापार व्यवसायलाई वास्तु अनुसार मिलाएर चलाउन सकेको अवस्थामा सुख र समृद्धि मिल्ने शास्त्रहरुमा उल्लेख छ ।

वास्तुशास्त्री सुरेशचन्द्र रिजाल वास्तु, राशी अनुसारको काम, व्यवहार, रंगरोगन, जीवनशैली सबै मिलाउनु पर्ने बताउँछन् । हिजोको अंकमा वास्तु अनुसार आफू बस्ने घरको कुन ठाउँमा कस्तो खालको रंग लगाउने भन्ने बारे बुझेका थियौँ ।

आज हामी घर तथा अफिसमा आफ्नो राशी अनुसारको रङ लगाउँने विषयमा छलफल गर्ने छौँ । घर तथा अफिसमा घरमूली, कार्यकारी प्रमुख वा शेयर होल्डरको राशिअनुसार रङको छनौट गर्न सकिने रिजालको भनाइ छ। उनका अनुसार निवासस्थान, प्रमुखद्धार, बैठक कोठा आदिमा वास्तुशास्त्रअनुसार विचार पुर्याएर रङ लगाउँदा काममा सफलता, उत्साह र उमंग आउँछ ।

हामीले गर्ने व्यवसाय अनुसार पनि रंगको छनोट गर्नु पर्ने उनी शताउँछन् । उनका अनुसार शैक्षिक संस्था, स्कुल, कलेज, शैक्षिक परामर्श केन्द्र लगायतमा सेतो र क्रिम रङ शुभ मानिन्छ । हस्पिटल तथा स्वास्थ्य सेवा केन्द्रहरुमा हल्का नीलो, हरियो, उज्यालो र मिश्रित रङ शुभ हुने रिजालको भनाइ छ। घरमा लगाउने रङ हल्का सुनौलो, हरियो, मिश्रित रङ शुभ मानिन्छ । गेटमा कालो रङ लगाउन विर्सेर पनि लगाउन नहुने रिजालको भनाइ छ।

उनले हाम्रो राशी अनुसारको रंगहरु पनि छानेर लगाउन सकिने बताउँछन् । उनका अनुसार अफिस तथा घरहरुमा रंग लगाउदा मेष र वृश्चिक राशीको स्वामी मंगल भएको हुनाले मंगल ग्रहको रङ रातो, मिश्रित, गुलावी, सिलभर, हल्का फुस्रो हुन्छ । मेष र वृश्चिक राशिका व्यक्तिलाई यि रङ शुभदायक हुने विश्वास गरिएको रिजालको भनाइ छ।

वृष र तुला राशिको स्वामी ग्रह शुक्र हो । शुक्र ग्रहकको रङ भनेको सेतो, उज्यालो, घिउ, खैरो, फुस्रो, सिल्भर हो । घरमुली वा अफिसको कार्यकारी प्रमुखको राशिअनुसार यो रङको प्रयोग गर्न सकिन्छ । स्फटिक रङ शुभ हुन्छ ।

मिथुन र कन्या राशीको स्वामी बुध ग्रह हो । बुधको रङ हरियो, खैरो, पहेँलो, गाढा हरियो र दुबो रङ हो । यस्तो रङ लगाउँदा सफलता मिल्छ । मिश्रित कार्य, व्यापार, व्यवसाय, आवसमा राशिअनुसार यो रङ शुभ मानिन्छ ।

कर्कट राशिको स्वामी चन्द्रमा हो । चन्द्रमाको रङ सेतो, दुधिलो, फिका सेतो मानिन्छ । राशिअनुसार यो रङको प्रयोग गर्दा सुख, शान्ति, सफलता प्राप्त गर्न सकिन्छ । सिंह राशिको स्वामी सूर्य हो । सूर्यको रङ रातो, सप्तरंगी, गुलावी मानिन्छ । यो राशिका व्यक्तिले रातो, सप्तरंगी र गुलावी रङ लगाउँदा उत्तम मानिन्छ ।

धनु र मीन राशिको स्वामी वृहस्पती हो । वृहस्पतीको रङ सुनौलो, पहेँलो, सुगा रङ, गाढा पहेँलो, बेसारे, केशरिया तथा मिश्रित मानिन्छ । यो रङको प्रयोग गर्दा उन्नति, प्रगति प्राप्त हुन्छ ।

मकर र कुम्भ राशीको स्वामी शनि हो । शनिको रङ भनेको आकाशे, गाढा निलो, हल्का निलो, कालो मिश्रित टाटेपाटे, छिर्केमिर्के, धर्के, हल्का ध्वाँसे मानिन्छ । तपाई पनि आफ्नो जीवनमा सुख र समृद्धि चाहानु हुन्छ भने आफ्नो राशी अनुसारको रंग रोगन गर्नु होला ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?