वास्तु अनुसार घरको कुन ठाउँमा कस्तो रंग लगाउने ?

  • By: admin
  • September 1, 2022

काठमाडौँ । हामीले विशेष गरी पछिल्ला केही अंकमा घरको वास्तुका बारेमा कुरा गर्दै आएका छौँ । घर कस्तो बनाउँने, कता फर्काउने, कुन कोठा कता राख्दा ठिक हुन्छ लगायतका विषयमा छलफल गरेका छौँ ।

आज हामी घरमा कस्तो खालको रंगहरु प्रयोग गर्दा वास्तुशास्त्र अनुसारको प्रभाव पर्छ भन्ने विषयमा छलफल गर्ने छौँ । हुन त अहिले एउटै रंग लगाउने चलन छ । रंग धेरै प्रयोग गर्दा नराम्रो देखिन्छ । त्यो कलर कम्बिनेसन अन्तर्गत पर्दैन ।

तर, वास्तुशास्त्री सुरेशचन्द्र रिजाल भने आफ्नो इच्छा लाग्छ भने घरमा वास्तु अनुसारको रंगहरु प्रयोग गर्न सुझाव दिन्छन् । उनी घरमा कालो रंगको प्रयोग अशुभ भएको बताउँछन् । पञ्चतत्व पृथ्वी, पानी, आकाश, अग्नि, वायुलाई सही तरिकाले हाम्रो भौतिक शरीरमा तालमेल गराउन वास्तुशास्त्रको विशेष भूमिका रहने भन्दै घरको विभाजनलाई सही–सही दिशामा भाग लगाएजस्तै घरमा रंगरोगन गर्दा पनि दिशाअनुरूप समुचित उपाय अपनाउनु पर्ने उनको भनाइ छ ।

कुनै पनि घर हेर्दा वा कुनै घरभित्र जाँदा सकारात्मक र नकारात्मक ऊर्जा हामी जोकसैले महसुस गर्न सक्छौं भन्दै रिजालले घरको मुली जन्मदा ग्रह तथा नक्षत्रको अवस्थिति कस्तो थियो भन्ने कुराले पनि घर एवं कोठाको रंग निर्धारण गर्ने बताए ।
मानिसको जुन ग्रह शुभ भएर बसेको छ, त्यो ग्रहको रंग प्रयोग गरे मानिसमा सकारात्मक सोचको विकास हुन्छ भने काममा जाँगरसमेत चल्छ । उनले उत्तर–पूर्व दिशामा हल्का नीलो तथा हल्का पहेंलो रंग लगाउनु पर्ने उनको भनाइ छ । उनका अनुसार पूर्व दिशामा सेतो, हल्का नीलो र हल्का पहेंलो रंग लगाउनु पर्छ ।

पूर्व–दक्षिण दिशामा सप्तरंगी, गुलाबी वा चाँदी रंग लगाउनु राम्रो हुन्छ भने उत्तर दिशामा हरियो रंग लगाउनु पर्ने रिजालको भनाइ छ।

घरका विशेष कोठाहरूका लागि पनि विशेष रंगले सजाउन सकिने उनी बताउँछन् । घरको दक्षिण–पश्चिम दिशामा सुत्ने कक्ष भएको राम्रो मानिन्छ । यसमा नीलो रंगको प्रयोग उपयुक्त हुने उनले बताए । पाहुना कोठा घरको उत्तर–पश्चिममा हुनुपर्छ जसमा सेतो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ भने बालबालिकाको सुत्ने–पढ्ने कोठा घरको उत्तर–पश्चिम दिशामा राख्नु उपयुक्त हुन्छ । बालबालिकाको कोठामा सेतो रंगको प्रयोग राम्रो मानिन्छ ।

भान्सा दक्षिण–पूर्वी दिशामा हुनुपर्छ । यसमा सप्तरंगी र हल्का रातो रंग प्रयोग गर्न सकिन्छ । बैठक कोठा पूर्व–उत्तर दिशामा बनाउनुपर्छ । यसमा पहेंलो वा सेतो रंगको प्रयोग शुभ मानिन्छ । शौचालय दक्षिण–पश्चिम दिशामा बनाउनुपर्छ जसमा सेतो तथा क्रिम कलर लगाउनु राम्रो मानिन्छ । पूजा कोठा घरको पूर्व–उत्तर दिशामा बनाउनुपर्छ । यसमा हल्का पहेंलो, हल्का नीलो वा सेतो रंग शुभ मानिन्छ ।

 

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?