नवरात्रीभरी व्रतालुले कस्ता काम नगर्ने ?

  • By: admin
  • September 28, 2022

काठमाडौँ । हामी धेरैकाम नजारेर विगाछौँ । अहिले नवरात्र चलिरहेको छ । कतिले नवरात्रको व्रत नै लिने गर्छन । ९ दिनसम्म देवीको उपसाना गर्ने भन्दै व्रतबस्नेहरुले शास्त्र अनुसारको काम नगरको कारण देवी दुखी भएको पाइनछ ।

हिन्दू धर्म अनुसार देवी वा भगवतीको उपासना गर्ने सबैभन्दा ठुलो अवसर दशैंको नवरात्रीलाई मानिन्छ । अन्य समयमा भन्दा नवरात्रीको अवसरमा दुर्गा भगवतीको कृपा विशेष रहने धार्मीक विश्वास छ ।

शास्त्रअनुसार नौ दिनसम्म हुने नवरात्रीको अवसरमा दुर्गाका नौ वटा रुपको आराधना गरी दुर्गा भगवतीको उपासना गरीन्छ । तर, नवरात्रीको अवधीमा व्रतालुले बिषेश ख्याल पुर्याउन नसक्दा यसले लाभको सट्टा हानि पुर्याउन सक्ने जानकारहरु बताउँछन् ।

ज्योतिष तथा वास्तशास्त्री सुरेशचन्द्र रिजालका अनुसार नवरात्रको नियमित पूजाआजा गर्ने व्यक्तिले निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ ।

हामीले दैनिकी प्रयोग गर्ने प्याज, लसुन र मासुजन्य पदार्थहरु नवरात्र भरी भूलेर पनि व्रतालुले सेवन गर्नुहुदैन । देवीलाई मासु नै चड्ने भए पनि बली नचडेसम्म मांसहारी खाना खान नहुने शास्त्रमा बनाइएको हो ।
यस्तै, नवरात्रीको समयमा व्रत बस्नेले अनिवार्य ब्रम्हचर्य व्रतको पालना गर्नुपर्दछ । ब्रतालुले हरेक दिन पुजा अघि नुहाउने र सफा कपडा मात्र लगाउनु पर्दछ ।

विष्णुपुराण अनुसार नवरात्रीमा दुर्गाको उपासना गर्नेले दिउँसो सुत्नु हुदैन । व्रतालु तथा पुजाकर्ताले खैनी, चुरोट, मदिरा लगायत नशायुक्त पर्दाथको सेवन गर्नुहुदैन ।

नवरात्रीको व्रतमा एकै स्थानमा बसेर मात्र फलाहार ग्रहण गर्नुपर्छ । व्रतालुले ९ दिनसम्म खानामा अन्न र नुनको सेवन गर्नु हुदैन, यो बर्जित छ ।

नुन बार्न नसकेको अवस्थामा मात्र साँझको एक छाक सिधे नुन खान सकिन्छ । दुर्गा चालीसा मन्त्र वा सप्तशती वाचन गरीरहेको बेलामा बीचमा कुरा गर्नु हुदैन ।

घरमा कलश स्थापना गरी अखण्ड ज्योति बालिएको छ भने नवरात्रीभरी घर छोडेर जानु हुदैँन ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?