दसैँमा मासुमात्र किन नखाने ? यस्ताे डाक्टरकाे सुझाव

  • By: admin
  • October 2, 2022

काठमाडौँ । दसैँलाई मासु खानै पर्ने पर्वका रुपमा लिइन्छ । धरैले ऋणदान गरेर भए पनि मासु खान खोज्छन् । तर, चिकित्सकीय दृष्टीकोणमा मासुमात्र स्वास्थ्यका लागि राम्रो होइन । दसैँमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् ।

उनीहरूले मासु सँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन् । रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरूले बताएका छन्।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा गुरुशरण साह रातो मासु प्रयोग पटक्कै नगर्न आग्रह गरे। पोलेको मासुले आन्द्रा, आमाशय, प्रोस्टेटको क्यान्सरको जोखिम बढी हुने डा साहको भनाइ छ । दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनी बताउँछन् ।

उनले भने, “मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ ।” सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनी बताउँछन् । उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए।

भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरण शक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए । यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उनी बताउँछन् । मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनले भने “सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ ।”

डा अग्रहरिले भने, “बढी मासु प्रयोग गर्दा मुटुमा हर्मोनको गडबड हुन्छ । जसले मुटुको चाल र चाप बढाउँछ ।” धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए । मधुमेहका बिरामीलाई कोलस्टेरोल बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए । मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, “एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो ।”

“यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ ।” उनले भने, “चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ ।” एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खादै नखान सुझाव दिए।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?