दसैँको खानपानलाई कसरी व्यवस्थित गर्ने ?

  • By: admin
  • September 27, 2022

काठमाडौँ । दशैँ भनेपछि धेरैले खानपानको अवसरका रुपमा पनि लिने गरेको पाइन्छ । सकि नसकी आफ्नै घरमा खसी काटेर मासु खाने चलन छ । त्यतिमात्र होइन, मदिरा पनि दशैँमा धेरै नै खाने गरेको पाइन्छ ।
तर, जनस्वास्थ्य विद्हरुका अनुसार दशैँमा खानपानलाई ध्यान नदिएका कारण विरामी भइने बताउँछन् । जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डे दशैँको आहार विहारमा ध्यान दिनु पर्ने बताउँछन् । उनी दशैँमा खान नजानेकै कारण धेरैले भविष्यमा अझै बढी दुःख पाउने गरेको उनको भनाइ छ।

दसैँमा धेरैले, एकै पटक टन्न मासु पकाउने, खाने गर्दछन् । जो हानिकारक हुन सक्छ । त्यसैले दसैँको खानपानमा सावधानी अपनाउनै पर्छ । साथै दशैँको खानपिन गरिसकेपछि के कस्ता उपाएहरु अपनाएको अवस्था हामी स्वास्थ हुन्छौँ भन्ने विषय महत्वपूर्ण हुन्छन् ।

– शारीरिक काम गर्ने
धेरै मानिस दसैँमा आराम गरेर बिताउँछन् । तर टन्न मीठो मसिनो खाएपछि त्यस अनुरूप शारीरिक काम वा व्यायाम पनि गर्नु पर्दछ । अन्यथा खाएको कुरा पचाउन सकिँदैन । त्यसैले शारीरिक गतिविधिमा जोड दिनुपर्छ र व्यायामलाई निरन्तरता दिनुपर्छ ।

– कुरामा सावधानी
खानपानका विषयमा धेरैले गर्ने गल्ती हो, एकसाथ धेरै परिकार बनाएर खाने । अझ यसमा माछा मासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । तर सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रासायनिक प्रतिक्रिया हुन्छ र फुड पोइजन हुनसक्छ । त्यसैले आपसमा खान नमिल्ने खानेकुरा खानु हुँदैन । यो पाचन प्रणालीको लागि घातक हुन्छ ।

– दही र फल
कतिपयले दही र फल एकसाथ सेवन गर्छन् । अझ दही, फल मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । तर दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ ।

– कागती र दूध
कागती र दूध यी दुवै फाइदाजनक छन् । तर अलग अलग खाँदा । दूध र कागती एकसाथ मिसाएर सेवन गर्दा स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

– सलाद खाने
दसैँमा माछा मासु लगायतका कुनै परिकार खाँदा अनिवार्य त्यस परिकार सङ्ग सलाद खानु पर्दछ । अन्यथा अपच हुनसक्छ ।

– मदिरा खानु अघि पानी
कतिपय मानिस दसैँ मदिरा पिउँछन् । सकेसम्म मदिरा नपिएकै राम्रो । तर पिउनै परे पनि सलादको मात्रा बढाउने र मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।

 

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?