दमकमा खुल्यो रियल स्टेट कम्पनी, व्यवस्थित घर जग्गाको कारोबार गरिने

  • By: admin
  • September 16, 2022

दमकमा खुल्यो रियल स्टेट कम्पनी ! !

काठमाडौँ । झापाको दमकमा रियलस्टेट कम्पनीको सुरुवात भएको छ । दमक वडा नं. ५ मा रहेको कर कार्यालय क्षेउमा पूर्वली रियल स्टेट कार्यालयको विहीबार उद्घाटन भएको हो ।

बिहीबारदेखि सेवा आरम्भ गरेको कम्पनीको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरेका हुन् । कम्पनीका प्रवन्ध निर्देशक तिलोचन आचार्यका अनुसार पूर्वेली रियल स्टेटले घर जग्गाको कारोबारमा सहजता प्रदान गर्ने छ ।

नेपालमा अव्यवस्थित रुपमा घरजग्गा खरिदविक्री, घर निर्माण, पसलहरुको खरिदविक्री भइरहेको अवस्थामा पूर्वेली रियल स्टेटले व्यवस्थित रुपमा घरजग्गा खरिद विक्रीको कार्य गर्ने गराउने उद्देश्य लिएको प्रवन्ध निर्देशक आचार्यले जानकारी दिए ।

काठमाडौँमा अवैध संरचनामा डोजर चलेका छन् । तर, पूर्वेली रियल स्टेटमार्फत खरिद विक्री भएका घर जग्गामा त्यस्तो समस्या नआउने कम्पनीको विश्वास छ । कम्पनीले अनलाइन मार्फत सेवाग्राहीलाई सेवा दिने उद्देश्य लिएको छ।

प्रविधिको जमानामा प्रविधिमैत्रि सेवा कम्पनीले दिने भएको हो । वेब सइटमार्फत विक्रीका लागि घर जग्गाहरु राखेको कम्पनीले भविष्यमा कुनै प्रकारको समस्या आफ्नो सेवाग्राहीलाई नहोस् भन्ने गरी काम गर्ने बताएको छ।

अहिले राजश्व समेत चुहावट भएको छ । सरकारले पनि संस्थागत मात्र जग्गाको कारोबार गर्ने नीति अघि सारेका बेला पूर्वेली रियल स्टेटले चुहावट हुने राजश्व पनि रोक्न मद्दत गर्ने छ । प्रवन्ध निर्देशक आचार्यका अनुसार नेपालमै रियल स्टेटको बजारमा पहिलो हुने गरी व्यवस्थित कारोबार गरिने जानकारी दिए ।

रियल स्टेट कम्पनीको उद्घाटन समारोहमा नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईँ, वडा अध्यक्ष, मालपोत कार्यालयका प्रमुख, दमक नापी कार्यालयका प्रमुख र सबै बैंकका दमक शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।

मालपोत, नापी र बैंक पनि जग्गा कारोबारको अंग भएकाले कम्पनीलाई शुभकामना दिँदै उनीहरुले पारदर्शी कारोबारका लागि आग्रह समेत गरेका थिए । पछिल्लो समय सरकारले जग्गा वर्गिकरण गर्न नसकेका कारण कारोबार रोकिएको छ भने राजश्वमा पनि कमी भएको छ ।

दमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनी दमकमा खुल्यो रियल स्टेट कम्पनी  दमकमा खुल्यो रियल स्टेट कम्पनी दमकमा खुल्यो रियल स्टेट कम्पनी दमकमा खुल्यो रियल स्टेट कम्पनी

 

दमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनी

दमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनीदमकमा खुल्यो रियल स्टेट कम्पनी

 

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?