डोजर नचल्ने गरी घर बनाउन के गर्ने ?

  • By: admin
  • September 7, 2022

काठमाडौं । आजभोली नक्सापासको खुबै चर्चा हुन्छ । काठमाडौँ महानगरपालिकाका मेयरले घरको नक्साको कुरा गरेपछि सामाजिक सञ्जालमा थुप्रै ट्रोलहरु बनेका छन् । दिलमा बस्न नक्सा चाहिने लगायतका थुप्रै रमाईला ट्रोलहरु पनि छन्।

घरको नक्सा पास स्थानीय तहले गर्छन । स्थानीय तहले तोकेको मापदण्ड अनुसार घर निर्माण गर्नु सबैको कतव्र्य हो । त्यतिमात्र होइन नक्सा पास भए अनुसारको निर्माण र उपभोग पनि अपरिहार्य हो ।

गाउँमा होस् वा शहरमा, स्थानीय तहबाट नक्सा पास नगरी घर बनाउनु गैरकानुनी हुन्छ । त्यसरी बनाइएको घर अवैधानिक ठहर्छ । नक्सा पास गरेको भन्दा फरक डिजाइन र संरचनामा पनि घर बनाउन पाइँँदैन । स्थानीय तहका प्राविधिकले निरिक्षण गर्दा नक्साभन्दा फरक खालको घर बनाएको ठहरेमा निर्माण सम्पन्नता प्रमाणपत्र दिँदैनन् ।

तपाईंले नक्सा पास गरेको भन्दा धेरै तलाको घर बनाउनुभयो भने के हुन्छ ? कर बचाउने बहाना वा हेलचेक्राईका कारण पनि धेरैजसोले अझै पनि अनुमतिप्राप्त गरेभन्दा धेरै तलको घर बनाउने गरेको पाइन्छ । तर, काठमाडौँ महानगरको संरचनाहरुमा डोजर चलेको देख्दा धेरैलाई अवगत पनि भइसकेको होला ।

यदि तपाईंले स्थानीय तहले तोकेको मापदण्डभित्र रहेर तला थप्नुभयो भने जरिवाना तिरेर फेरी नक्सा पास गर्न सक्नुहुन्छ । तर, नक्सा पास गरेको भन्दा बढी तला थप्दा मापदण्डभन्दा बाहिर गएमा घर अवैधानिक ठहर्छ । त्यस्तो बेलामा तपाईंले थपेको तला भत्काउनुपर्ने हुन्छ । नत्र, स्थानीय तहका कर्मचारी आएर भत्काउँछन् । त्यो भत्काए बापतको खर्च आफै ब्यहोर्नुपर्छ ।

तपाईले दुई तले घरको नक्सा पास गर्नुभएको छ । तर, अढाई तले वा तीन तले घर बनाउनुभयो । यदि तपाईले तला थप्दा स्थानीय तहको मापदण्डभित्र हुनुहुन्छ भने अहिले बुझाउने राजश्वको १०० प्रतिशत जरिवाना तिरेर पुनः नक्सा पास गर्न सकिन्छ । नक्सा पास भएपछि घर निर्माण सम्पन्नता प्रमाणपत्र पनि पाउनुहुन्छ ।

तर, आफ्नै मनमर्जीले नक्सापास गरेभन्दा बढि तल्ला थप्नुभएको छ, जुन मापदण्डभन्दा बाहिर छ भने जरिवाना तिरेर वैधानिक बनाउन पाइँदैन । त्यस्तो घरको निर्माण सम्पन्नता प्रमाणपत्र पनि पाइँदैन । घर मापदण्ड विपरीत बनेको छ भने भत्काउनै पर्ने हुन्छ ।

भवन निर्माण सम्पन्नताको प्रमाणपत्र नभएपछि घरसँग जोडिएको कानुनी काम कारबाही गर्न पाइँदैन । त्यसैले स्थानीय सरकारको मापदण्डअनुसार तपाईले सुरुमै नक्सा पास गरी घर बनाउनु राम्रो हुन्छ । त्यसैले तपाईँको घरमा कुनै पनि दिन डोजर चलोस भन्ने चाहानु हुन्न भने आफ्नो स्थानीय तहको मापदण्ड अनुसार नै नक्सा पास गरेर घर बनाउनु होला ।

काठमाडौँ महानगरका मेयरले मात्र होइन । अब सबै स्थानीय तहका मेयरले कानून अनुसारको एक्सन लिनेछन् । ठूला शहरहरुमा त्यो स्थिति चाँडै आउँछ । तर, साना शहर र अन्य स्थानीय तहमा नियम कानूनको पालना अवश्य गराइन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?