घरमा वास्तुका कस्ता टिप्स अपनाएपछि सकारात्मक उर्जा प्राप्त हुन्छ ?

  • By: admin
  • September 15, 2022

काठमाडौँ । हामीले घरको बारेमा वास्तुसम्बन्धी धेरै कुराहरुको चर्चा गरेका छौँ । आज पनि वास्तुशास्त्री सुरेशचन्द्र रिजालले घरको वास्तुमा आवश्यक केही सुझावहरु दिएका छन् । हामीले घरलाई वास्तुअनुसार राम्रो फल प्राप्ति गर्नका लागि केही उपाएहरु अपनाउनु पर्ने हुन्छ ।

वास्तुशास्त्री रिजाल भन्छन्, ‘हामीले घर बनाएपछि पनि केही वास्तु सम्बन्धी टिप्सहरुलाई अपनाउन सकेके अवस्थामा घरको वास्तु सहि हुन्छ र हामीले सकारात्मक उर्जा प्राप्त गछौँ ।’

रिजालका अनुसार सकारात्मक उजा प्राप्त गर्नका लागि केही टिप्सहरु प्रयोगमा ल्याउनु पर्ने हुन्छ । जसको सबै भन्दा महत्वपूर्ण टिप्स हो घरमा देविदेवताको पूवा स्थाल वा मन्दिर निर्माण गरिनु ।

वास्तुशास्त्री रिजालका अनुसार घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ ।

घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।

घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर–दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।

भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।

घरमा सर–सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।

घरमा परिवारको तस्विर राख्दा दक्षिण–पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।

घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ ।

घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।

 

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?