घरको इनार खन्नु पहिला जान्नु पर्ने वास्तु ज्ञान के छ ? 

  • By: admin
  • October 17, 2022

काठमाडौँ । हामीले कुनै पनि घडेरीमा घर वा भवन बनाउनु अगाडि नै पानीको व्यवस्थापन मिलाउन पर्छ । व्यवस्था गर्नका लागि हामी कुवा खन्छौँ । कुवा खन्नु भन्दा पहिला बोरिङबाट पानी निस्किन्छ कि निस्किँदैन ? कति गहिरो खनेपछि निस्किन्छ ? पानीको स्वाद, सुगन्ध र रङ कस्तो हुन्छ ?

तर, वास्तु शास्त्रले कुनै पनि गाउँ, सहर, बस्ती आवासीय कोलोनी वा निजी निवासको अग्नि कोण, वायव्य कोण, वा नैर्ऋत्य कोणमा कुवा तथा पानीको ट्याङ्की नबनाउन भन्छ । यस्तो कुवा वा पानीको ट्याङ्की घरका सदस्यहरूका लागि खतरायुक्त साबित हुन सक्छ । मुख्य रूपमा ईशान र पूर्व दिशा नै कुवा र पानी ट्यांकीका लागि उपयुक्त स्थान मानिएको छ । यदि पूर्व वा ईशान कोणमा स्थानको अभावका कारण बनाउन सम्भव छैन भने पश्चिम वा उत्तर पश्चिम दिशामा कुवा खन्न सकिन्छ ।

बोरिङ, कुवा, इनार खन्नको लागि माघ, फागुन, वैशाख, जेठ, कार्तिक महिना वास्तु शास्त्र अनुसार उत्कृष्ट मानिन्छन् । यी महिनामा कुवा, इनार खनिएमा त्यस स्थानमा बस्ने घर मुलीको लागि अत्यन्त शुभ फलदायक हुन्छ ।

पुष्य, हस्त, शतभिषा, पूर्वाभिष, पूर्वाषाढा, उत्तराभाषा, अनुराधा, धनिष्ठा, उत्तराफाल्गुनी, उत्तराभाद्रपदा, रोहिणी, रेवती मघा तथा मृगशिरा नक्षत्र शुभ मानिन्छ । सोमबार, बुधवार र बिहीबार उत्कृष्ट मानिन्छ ।

सिंह, वृश्चिक तथा धनु लग्न बाहेक अन्य सबै लग्न शुभ रहेका छन् । तर पनि जलसंज्ञक लग्नलाई उत्कृष्ट मानिन्छ । लग्नमा चन्द्रमाको बास रहेमा झनै फलदायक हुन्छ ।

इनार वा ट्यूवेल खन्नका लागि उत्तर दिशाबाट प्रारम्भ गर्नुपर्छ । ईशान कोणमा खन्दा पानी छिट्टै प्राप्त हुन्छ । तर नैर्ऋत्य वा वायव्य कोणमा छ भने पानी छिट्टै सुक्ने सम्भावना हुन्छ । घरको ईशान कोणको मध्य रेखाको दायाँ बायाँ भागमा वा पूर्व दिशामा राम्रो मानिन्छ । त्यसैसरि पश्चिम दिशामा पूर्वापर कमसल मानिन्छ भने अन्यत्र अशुभ नै हुन्छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?