घरकाे कुन दिशामा धनराख्ने दराज राख्दा शुभ हुन्छ ?

  • By: admin
  • September 12, 2022

काठमाडौँ । हामी घरमा धनको आगमनलाई ख्याल गर्दैनौँ । त्यसैले कोही सधैँ गरिब हुन्छन् । वास्तुशास्त्री सुरेशचन्द्र रिजाल धन राख्ने दराजलाई वास्तु अनुसार राख्न सकेको अवस्थामा घरमा धनको कहिल्यै कमी नहुँने बताउँछन् ।

उनका अनुसार यदि धन राख्ने दराज तथा लक्कर सही दिशामा राखियो भने कहिल्यै धनको अभाव हुँदैन । धन राख्नका लागि सही दिशा तथा ठाउँ कस्तो हुनुपर्छ कसरी धन सुरक्षित राख्न सकिन्छ । दिनप्रति दिन कसरी धन बढ्दै जान्छ सबैको चासोको विषय हो । यस्ता उपाय अपनाएमा धन सुरक्षित राख्न सकिन्छ ।

१. उत्तर दिशा : धन राख्नका लागि उत्तर दिशा सबैभन्दा राम्रो र शुभ मान्ने गरिन्छ । किनभने उत्तर दिशामा धनका देवता कुवेर रहेका छन् । घरको यस दिशामा नगद तथा आभूषण जुन दराजमा राखिन्छ त्यो दराज घरको उत्तर दिशाको कोठामा दक्षिण पट्टिको ढोकाको भित्तामा राख्नुपर्छ । यस प्रकार राखिएको दराज उत्तर दिशाबाट खुल्छ,त्यसभित्र राखिएको पैसा तथा गरगहनामा सधै बृद्धि हुने मान्यता रहेको छ ।

२.ईशान कोण : उत्तर तथा पूर्वबीचको दिशालाई ईशान कोण भनिन्छ । यस दिशामा धन तथा गरगहना राख्ने मानिस घरको मुखिया बुद्धिमान मान्ने गरिन्छ । उत्तर ईशान कोणमा धन तथा गरगहना राखिएको छ भने त्यस घरकी एक कन्या तथा यदि पूर्व ईशान कोणमा सोही सामान राखेको छ भने त्यस घरको छोरा धेरै बुद्धिमान तथा प्रसिद्ध हुन्छ भन्ने गरिन्छ ।

३.पूर्व दिशा :  यहाँ घरको सम्पत्ति तथा लक्कर राख्नु शुभ मानिन्छ र सम्पत्ति बढ्दै जाने हुन्छ ।

४. आग्नेय कोण :  दक्षिण पूर्वको बीचको दिशालाई आग्नेय कोण भनिन्छ । यहाँ धन राख्नाले धन घट्दै जान्छ । आम्दानी भन्दा बढी खर्च हुने गर्दछ । जसको कारण ऋण लाग्दै जाने हुन्छ ।

५ .दक्षिण दिशा : यो दिशामा धन तथा गरहना राख्नाले नोक्सान नहुने र नबढ्ने हुन्छ ।

६. नैऋत्य कोण : दक्षिण तथा पश्चिम बीचको दिशालाई नैऋत्य कोण भनिन्छ । यहाँ धन तथा गरगहना राख्ने त्यस्ता व्यक्ति हुन्छन् जसले गलत तरिकाबाट कमाएका हुन्छन् । यसमा मेहनत कम हुने गर्छ । यस दिशामा राखिएको धन भने सञ्चित हुने मान्यता रहेको छ ।

७.पश्चिम दिशा : यस दिशामा धन तथा गरगहना राख्नाले खासै लाभ मिल्दैन । यहाँ धन राख्नाले धेरै कठिनाइका साथ मात्र धन घरमा आउने गर्छ ।

८.वायव्य कोण : पश्चिम तथा उत्तरको बीचको दिशालाई वायव्य कोण भनिन्छ । यहाँ धन राख्नाले सधैभरी गडबढी हुने तथा व्यक्ति सधै ऋणमा पर्ने हुन्छ । खर्च अनुसारको आम्दानी गर्न गाहे हुने भनाइ रहेको छ ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?