आजबाट दशैँ सुरु, घटस्थपना कसरी गर्ने ?

  • By: admin
  • September 26, 2022

काठमाडौँ । हामी दशैँ भरी दशैँका बारेमा तपाईँसँग विभिन्न विषयमा कुराकानी गर्ने छौँ । आजबाट नेपालीहरुको घरघरमा विजया दशमी सुरु भएको छ । हामीले विजयदशमीमा यहाँहरुले के काम कसरी गर्ने भन्ने बारेमा जानकारी दिने छौँ । ज्योतिष तथा वास्तुशास्त्री सुरेशचन्द्र रिजालसँगको कुराकानीका आधारमा तपाईँसँग दशैका बारेमा कुराकानी गर्ने छौँ ।

आज घटस्थपना । दशैँको पहिलो दिन पनि भनिन्छ । यस वर्ष घटस्थपना गर्ने उत्तम समय १० बजेर २३ मिनेटमा रहेको छ । घटस्थपना मुख्यतः समयलाई ख्याल गरेर गरेको अवस्थामा देवी खुसी हुने सास्त्रमा उल्लेख गरिएको छ ।

आज दशैंको पहिलो दिन घटस्थापना हो । आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

नौ दिनसम्म मनाउने नवरात्रमा विभिन्न रूपका देवीहरुको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मीक मान्यता छ । आश्विन शुक्ल प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्ददेवी, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्रीको उपासना गरीन्छ । नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना विशेष रुपले गरीन्छ ।

आज हामीले विशेष गरी घटस्थपना र जमरा कसरी उमार्ने भन्ने बारे छलफल गर्ने छौँ । जमरा राम्रोसँग उमार्नका लागि सबै भन्दा पहिला अग्र्यानिक बिजको प्रयोग गर्नुपर्छ । हामीले जौ, गहुँको प्रयोग गरेर जमरा उमार्ने गछौँ ।

जमरा उमार्नका लागि शुद्ध तथा अध्याँरो ठाउँ चाहिन्छ । सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने ।

विशेषत दशैंमा जौको जमरा राख्ने गरिन्छ । यद्यपी मकै, गहुँ, धानको पनि जमरा राख्न सकिन्छ । अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।

अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ । सात दिनपछि पहिलो पटक रोपेको गमलामा अंकुराउन थाल्छ । प्रयोग गन योग्य जमरा काटेपछि उक्त खाली गमलामा पुन बिज रोप्न सकिन्छ ।

गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।

Open chat
1
Scan the code
Hello 👋
This is Purbeli Real Estate Whatsapp, How can we help you?